• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज

  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं। जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदै छ। दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ। समूह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी-२० विश्वकपमा खेलेका थिए। पछिल्ला बर्षहरुमा आइसीसी प्रतियोगिता बाहेकका खेल नखेलेका भारत र पाकिस्तानबीचको क्रिकेट खेल बहुप्रतिक्षित हुने गदर्छ। प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने पाकिस्तान घरेलु मैदानमा न्यूजील्याण्डसँग हार बेहोरेर दबाबमा रहेको छ।

    यो खेल जितेमा भारत सेमिफाइनलमा पुग्ने हुनाले पनि उसका लागि महत्वपूर्ण खेल रहेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले हार बेहोरेमा प्रतियोगिताबाट नै बाहिरिने भएकाले जित्नैपर्ने दबाबका बीच खेल्दै छ। यस अघि २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पछिल्लो सिरिजहरुमा भारत र पाकिस्तानले एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। भारतले घरेलु मैदानमा इङ्ल्याण्डविरुद्ध खेलेको सिरिज क्लीन स्वीप गरेको थियो भने पाकिस्तानले अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धका सिरिज जितेपछि घरेलु मैदानमा खेलेको त्रिकोणात्मक सिरिजको फाइनलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो।

    एकदिवसीय क्रिकेटमा दुवै टिम अहिलेसम्म १३५ पटक आमने सामने भएका छन्। जसमा पाकिस्तानले धेरै खेल जितेको छ। पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन। भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तमा देशको मात्र खेल हुँदैन, यो खेलाडी खेलाडीबीचको प्रतिद्वन्द्विता पनि रोचक हुने गर्दछ। यस खेलमा पनि भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीबीचको खेल हेर्न लायक हुने छ। शाहीनले अहिलेसम्म रोहितलाई ४ खेलमा २ पटक आउट गरेका छन्।

    त्यस्तै रोहितले शाहीनविरुद्ध अहिलेसम्म केवल ५६ बल फेस गरेका छन् भने ४८ रन बनाएका छन्। त्यस्तै विराट कोहली र पाकिस्तानका लेग स्पीनर अबरार अहमदबीचको प्रतिष्पर्धा पनि रोचक हुने देखिन्छ। कोहली पछिल्ला खेलहरुमा लेग स्पीनरहरुसँग खेल्न संघर्ष गर्दै आएका छन्। यस्तो अवस्थामा अहमदले कोहलीलाई चुनौती दिनसक्छन्। २०२४ एता खेलेका ५ खेलमा कोहलीले केवल २१ रन बनाएका छन् र पाँचै पटक लेग स्पीनरबाट आउट भएका छन्।

    त्यस्तै पाकिस्तानका ब्याट्सम्यान बाबर आजम र भारतीय बलर मोहमद शामीबीचको प्रतिद्वान्दिता पनि यस खेलमा हेर्न लायक हुने छ। शामीले पहिलो खेलमा बंगलादेशविरुद्ध ५ विकेट लिदै एकदिवसीय क्रिकेटमा आफ्नो २०० विकेट पुरा गरेका छन्। एकदिवसीय क्रिकेटमा बाबर र शामीको पहिलो पटक आमने सामने हुँदै छन्।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.