• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन हस्पिटल र ह्याम्स हस्पिटलद्वारा तनहुँको कोटामा निःशुल्क स्वास्थ्य शिविर

  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन्।
    वडा कार्यालयसँगको सहकार्यमा गरिएको पार्वती माविमा गरिएको स्वास्थ्य शिविरमा ४ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

    शिविरमा दुई सय जनाको मधुमेह परीक्षण गरिएको चितवन हस्पिटलका सञ्चालक समिति सदस्य तथा पेट, छाती, मुटु तथा मधुमेह रोग विशेषज्ञ प्राध्यापक डा.विजयप्रसाद पौडेलले जानकारी दिए। उनीहरुमध्ये नयाँ १२ जनामा मधुमेह पहिचान भएको उनले बताए।शिविरमा मेडिसन, हाडजोर्नी, प्रसुती, बाल रोग, नाक, कान, घाँटीलगायतको विशेषज्ञ सेवा प्रदान गरिएको थियो। १ सय ३० जनाको भिडिओ एक्सरे र एक सय जनाको ईसिजी गरिएको पौडेलले बताए। शिविरमा आएका बिरामीहरुलाई अस्पताल तथा विभिन्न औषधि उत्पादक कम्पनीबाट संकलन भएका औषधिहरु वितरण गरिएको थियो।

    स्वास्थ्य शिविरमा प्रा.डा.विजयप्रसाद पौडेल, बालरोग विषेशज्ञ डा.कृष्णसागर शर्मा, स्त्रिरोग विशेषज्ञ डा.सुनिता आचार्य र डा.जीवन परियार, सर्जन डा.रसेस श्रेष्ठ, ह्याम्स अस्पतालका डा.चतुरानन्द यादव, रेडियोलजिष्टहरु डा.ज्ञानबहादुर श्रेष्ठ, डा.अमित चौधरी र नाक, कान, घाँटी रोग विशेषज्ञ कुमार श्रेष्ठलगायतका १४ जना चिकित्सकहरुले सेवा दिएका थिए। चितवन हस्पिटलकातर्फबाट एक दर्जनबढी प्राविधिकहरु बिरामीको सेवामा खटेको अस्पतालका कार्यकारी निर्देशक भोलानाथ पौडेलले जानकारी दिए।

    प्रा.डा.विजयप्रसाद पौडेलले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विकट क्षेत्रमा पुगेर विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको बताए।
    देवघाट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मणिराज गुरुङले अस्पतालसम्म सजिलो पहुँच नहुँदा उपचारको अभावमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था अझै रहेको बताए।

    कोटामा ठूलो संख्यामा विशेषज्ञसहितको स्वास्थ्य शिविर पहिलो पटक आयोजना भएको उनले बताए। ‘बिरामी हुँदा समान्य औषधि पनि नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता गाउँमा अझै पनि छ। सरकारले सन्तोषजनकरुपमा स्वास्थ्य सेवा दिन सकेको छैन,’ गुरुङले भने, ‘यो अवस्थामा निजी अस्पतालका विशेषज्ञ डाक्टरहरु आएर सेवा दिँदै धेरै नागरिकले सेवा पाउनुभयो।’

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.