• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

मौरीपालक किसानको पीडा :दैनिक हेरचाह हुन नसक्दा मौरी र महको उत्पादनमा कमी

  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन : देशभर लकडाउनले सबै क्षेत्रलाई आक्रान्त पारेका बेला यसको असर मौरीपालक किसानमा समेत परेको छ । मौरी उत्पादन गर्ने र मह उत्पादन गर्ने उत्तम समय यही समय भए पनि कृषकहरू चरनक्षेत्रमा जान नपाउँदा यस्तो समस्या आएको हो । लकडाउनका कारण मौरीको गोला विस्तार गर्न र मह काढ्न नपाउँदा मौरीहरू घारबाट जंगल भएको कृषकहरू बताउँछन् ।

    मौरीको चरनक्षेत्रमा जान नपाउँदा मौरीको अवस्थाबारे आफू अनभिज्ञ रहेको भरतपुर महानगरपालिका–९ का विष्णु भुषालले बताए । ‘म चितवनमा छु, मेरा मौरीको घार महोत्तरीमा छन्,’ उनले भने, ‘त्यहाँ पुग्न नपाउँदा मौरीको अवस्था थाहा पाउन सकिएन ।’ उनका अहिले मौरीको गोला विस्तार गर्ने र मह काढ्ने वर्षकै उत्तम समयमा लकडाउनका कारण मौरी व्यवस्थापनमा समस्या भएको छ । यस वर्ष विषादी र रोगका कारण मौरी उत्पादनमा ह्रास आएसँगै लकडाउनका कारण थप क्षति बेहोर्नुपर्ने देखिएको उनको गुनासो छ ।

    भरतपुर महानगरपालिका–१ का मौरी विज्ञ एवं व्यवसायी डा. खेमराज न्यौपाने चरनक्षेत्र टाढा हुँदा र दैनिक हेरचाह हुन नसक्दा मौरी र महको उत्पादन दुवैमा ठूलो कमी आउने बताउँछन् । ‘मौरीलाई दैनिक हेरचाह चाहिन्छ,’ उनले भने, ‘लकडाउनले गर्दा अधिकांश किसान चरनक्षेत्रमा जान नपाउँदा समस्या भएको छ ।’ वातावरणीय प्रभावका कारण मौरीको वृद्धि कम भएसँगै लकडाउनका कारण थप नोक्सान  पुग्ने  उनले बताए ।

    महको उत्पादन र विक्रीमा ह्रास आएसँगै यस क्षेत्रमा थप जोखिम मोल्नुपरेको उनको भनाइ छ ।
    सरकारले वैकल्पिक बाटो र मौरीपालक किसानलाई समेत सहज आवत जावत नदिँदा कृषकको लगानी र मेहनत दुवै खेर गइरहेको छ । कतिपय किसानले मौरीको दैनिक हेरचाह गर्न नपाउँदा घार चोरी हुने समस्या समेत रहेको गुनासो गरेका छन् ।

    नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा मौरीपालक कृषकहरू मौरीको चरन क्षेत्रमा जान नपाउँदा मौरीहरू जंगलतिर भाग्न थालेको बताउँछन् । ‘अहिले गोला विस्तार गर्ने समय हो, तर के गर्नु, हामी घरभित्र छौं, मौरी जंगलतिर भागे ।’ उनका अनुसार एउटै घारमा मौरीको संख्या बढ्दा र समयमै गोला विस्तार गर्न नसक्दा मौरीले नयाँ रानी बनाएर अलग्गै ठाउँमा घार बनाउने गर्दछन् । जंगलमा नयाँ जडीबुटी र फलफूलका बोटहरू हुनाले मौरी जंगल भाग्ने गरेको उनले बताए । पशुपन्छी मन्त्रालयले  मौरीपालक कृषकका लागि आवतजावत सहज गर्ने भने पनि स्थानीय प्रशासनले अवरोध खडा गर्दा चरनक्षेत्रमा जान नसकिएको उनको भनाइ छ ।

    महासंघका अनुसार नेपालमा गतवर्ष मात्रै करीब ३५०० मेट्रिक टन मह उत्पादन भएको थियो । चितवनमा मात्रै वार्षिक ८०० मेट्रिक टनको हाराहारीमा मह उत्पादन हुँदै आएको छ । पहाडी जिल्लामा सेरेना जातको मौरीबाट मह उत्पादन हुन्छ भने तराईका जिल्लामा मेलीफेरा जातको मौरीबाट मह उत्पादन गरिन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.