• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सात महिनामै छ अर्ब बढीको लसुन आयात, कहाँ खपत भइरहेको छ यत्रो लसुन ?

  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ । यो देशको आन्तरिक खपतका लागि हो वा यसमा अन्य कुनै कारण छ भन्ने आशङ्का भएको छ । भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ, पाँच वर्षअघि आव २०७६/७७ मा ३१ करोडको लसुन आयात भएको नेपालमा यो आवको पहिलो सात महिनामा महिनामा नै छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको लसुन आयात भएपछि यसको आन्तरिक खोजीमा सरकारी निकाय लागेको छ । यो अवधिमा नौ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात भएको छ । बाँकी रहेको लसुन कहीँ भण्डारण गरेको पनि देखिँदैन । नेपालमा उपभोक्ताको अलावा चाउचाउ र अचार उद्योगले ठुलो परिणाममा लसुनको प्रयोग गर्ने गरेका छन् ।

    नेपाल दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था (साफ्टा)को सदस्य राष्ट्र भएकाले विभिन्न देशबाट आयात भएको सामग्री सहजै भारत निर्यात हुने भएकाले नेपालको बाटो हुँदै चीनको लसुन भारत पुगेको अनुमान सरकारी निकायको छ । अस्वाभाविक रूपमा लसुन आयात भए पनि त्यसको मूल्य पनि अकासिएको छ । धेरै परिमाण आएको समयमा लसुनको मूल्यमा गिरावट आउनुपर्ने भए पनि त्यो हुन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार एक किलो चिनियाँ लसुनको औसत मूल्य २७० रुपियाँ छ ।

    आम उपभोक्ताले एक किलो लसुनको पाँच सय रुपियाँसम्म तिर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । वर्षअघिसम्म १५० रुपियाँसम्म मूल्य पुग्ने गरेको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक राजन पौडेलले नेपालमा लसुन आयातमा कुनै बन्देज नभएको र प्रतिबन्धित सामग्रीमा नपर्ने भएकाले नेपालमा सहज आयात र नेपालबाट भारतमा पनि सहजै जान सक्ने सम्भावना रहेको बताए । उनले आयातनिर्यातको पाटोमा भन्सार विभागसँग जिम्मेवारी रहने र आफूहरूले पनि सो विषयमा खोजी गरिरहेको उल्लेख गरे ।

    भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले आयातको मात्रा बढेसँगै अनुसन्धान शाखाले त्यसको अध्ययन थालेको उल्लेख गरे । नेपालमा वार्षिक १२ हजार मेट्रिक टन लसुन उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ । नेपालमा उत्पादन भएको लसुनप्याजको भण्डारण गर्ने पूर्वाधार छैन । आव २०७९/८० मा नौ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले नेपालमा मासिक एक अर्बको लसुन खपत गर्ने उपभोक्ता नै नभएको र त्यत्रो परिमाणमा आयात गरिएको लसुन कहाँ गयो भनेर हेरिरहेको जानकारी दिए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.