• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चैते धान रोप्दै लोपोन्मुख वनकरिया

  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरू गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन् । खेतमा धान राप्दै गर्नुभएकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पाँच क्विन्टल चैते धान भित्र्याउने गरेको बताउनुभयो । उहाँका अनुसार पानी कम हुने भएकाले जम्मा तीन कठ्ठामा मात्र चैने धान रोप्ने गर्नुभएको छ भने समुदायमा सबैले करिब आफ्नो जग्गाको आधा जग्गामा मात्र चैते धान रोप्ने गरेका छन् ।

    चैते धानले उक्त समुदायलाई चार महिना सजिलै पुग्ने सुन्तलीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हाम्रो सासू, ससुराले धान रोप्ने गर्नुहुन्थ्यो, किनकी उहाँहरू जङ्गलमा बस्ने गर्नुहुन्थ्यो, तर अहिले हामीलाई करिब खान पुग्ने खेती हामी गर्छौं”, उहाँ थप्नुहुन्छ, “हामी धान, मकै, आलु र तरकारीखेती गर्छौं, भैँसी र बाख्रा पालेका छौँ ।” उहाँको दुई छोरा, श्रीमान्सहित चार जनाको परिवार छ । खानका लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जोहो गर्न भने कमाउन जानुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । त्यसैगरी चार छोरी र तीन छोरासहित ठूलो परिवार रहेको विष्णु वनकरिया पनि अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । उहाँको हालको दैनिकी आफ्नो खेतमा धान रोप्ने मात्र होइन समुदायका सदस्यकामा मेलापर्म गरेर बित्ने गरेको छ ।

    बाहिरबाट काम गर्नको लागि कोही पनि नबोलाउने भएका कारण उहाँहरू एक अर्काको पर्म गर्ने गरेको उहाँ बताउनुहुन्छ । समुदायकी मुखिया सन्तमाया वनकरियालाई पनि चैते धान रोप्न भ्याइनभ्याइ छ । उहाँ बिहान सबेरै उठेर बीउ काट्ने गर्नुहुन्छ । बालबालिका विद्यालय गइसकेपछि पालैपालो धान रोप्ने गरेको उहाँ बताउनुहुन्छ । जेटिए अध्ययन गरेर गाउँमा नै सेवा गरिरहनुभएकी सन्तोषी वनकरियालाई अहिले रोपिरहेको धान भित्र्यादाको खुसीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायीरूपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ ।

    आफू वनमा जन्मेको भए पनि बालापन बिताएको उक्त बस्तीको जमिन आफूहरूको लागि तत्कालीन अवस्थामा बीस वर्षलाई मात्र दिएको र उक्त समय सकिन लागेको कारण आफू चिन्तित भएको उहाँको भनाइ छ । उहाँका अनुसार समुदायलाई विसं २०६२ मा तत्कालीन जिविसले सामुदायिक वनको छेउमा २० वर्षको लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ ।

    वनमरिया समुदायले १८ वर्ष अगाडिसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाईभैँसीको दूध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ । उहाँका अनुसार तत्कालीन समयमा गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो माछा खाएर जीवन धान्ने गरिन्थ्यो, भने हाल खेतीपाती र पशुपालनबाट खानको लागि पुग्ने गरेको छ । रासस

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.