• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्यान्सर उपचारमा सघाउन अन्तरराष्ट्रिय कार्यशाला

  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन। चितवनमा क्यान्सर रोगसँग सम्बन्धित अन्तरराष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । चार दिनसम्म चल्ने कार्यशालामा सैद्धान्तिक र प्रयोगात्मक सीप प्रदान गरिने जनाइएको छ । क्यान्सर रोगको उपचारमा एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटी (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी)का विषयमा सीप र ज्ञान प्रदान गरिनेछ । उक्त प्रविधिबाट मस्तिष्क, कलेजो, फोक्सोमा भएको क्यान्सरको बिना शल्यक्रिया रेडिएसनका माध्यमबाट गर्न सकिने जनाइएको छ । विभिन्न देशका विज्ञ सहभागी कार्यशालामा मेडिकल फिजिसिस्ट र रेडिएसन अङ्कोलोजिष्टहरुले अनुभव र सीप आदानप्रदान गरेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताउनुभयो ।

    उहाँका अनुसार अस्पतालमा रेडिएसनका लागि आवश्यक उपकरण भएर पनि यो किमिसमको प्रविधि प्रयोग गर्ने जनशक्ति उपयुक्त तालिम अभावमा प्रयोगमा ल्याउन कठिन भएको थियो । कार्यशालाले नयाँ प्रविधिबाट क्यान्सरको उपचार प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रेडियो थेरापी विभागका विभागीय प्रमुख डा रञ्जनभक्त भण्डारीका अनुसार क्लिनिकल इम्प्लिमेन्टेसन अफ एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटी (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी) का विषयमा मेडिकल फिजिसिस्ट र रेडिएसन अङ्कोलोजिष्टबीच अनुभव साटासाट र विज्ञहरुबाट प्रशिक्षण दिइएको हो ।

    कार्यशालाले नेपालको चिकित्सक स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उहाँले नेपाल विभिन्न क्यान्सर अस्पतालबाट सहभागीहरु आएको उल्लेख गर्नुभयो । ह्याण्ड अन वर्कसप (कार्यशाला) नाम दिइएको तालिम साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) ले आयोजना गरेको हो । अस्पतालका मेडिकल फिजिसिस्ट सुरेश पौडेलले भन्नुभयो, “यो कार्यशाला युरोपियन स्तरको हो, सोहीअनुसारको मान्यता प्राप्त छ ।” आफूहरुले सिकेको सीप र दक्षतालाई प्रस्तुत गर्दै विदेशी विज्ञबाट थप अनुभव प्राप्त हुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “यो कार्यशालाले नेपालको क्यान्सर उपचार पद्धतिमा थप गुणस्तरीयता प्रदान गर्नेछ ।” कार्यशालामा नेपालसहित जर्मनी, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, भारत, बङ्गलादेशलगायत देशबाट सहभागी र विज्ञहरु सहभागी हुनुभएको छ । कार्यशालामा ४२ जना सहभागी र सात जना विदेशी विज्ञ हुनुहुन्छ ।

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले नेपालमा मेडिकल फिजिसिस्टको सङ्ख्या अत्यन्त कम भएको चर्चा गर्दै यो खालको तालिम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपालको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यसको शैक्षिक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) का संस्थापक जर्मन नागरिक प्रा डा गोलम अबु जकरियाले कार्यशाला नेपालका लागि महत्वपूर्ण भएको भन्दै यहाँका चिकित्सक स्वास्थ्यकर्मीले नयाँ प्रविधिको ज्ञान पाएको बताउनुभयो । संस्थाका निर्देशक बङ्गलादेशी नागरिक हसिन अनुपमा अजारीले कार्यशालाले सहभागीबीचमा ज्ञान र सीपको आदानप्रदान गरेको बताउनुभयो ।

    आफूहरुले आठौँ कार्यशाला नेपालमा गरेको भन्दै यसअघि विभिन्न देशमा यस्ता कार्यशाला गरिसकेको जानकारी दिनुभयो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल फिजिसिस्ट इञ्चार्ज सुरेन्द्रबहादुर चन्दले आफूहरुले एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी) सुरु गरेको भन्दै यो कार्यशालाले थप ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “युरोपलगायतका देशमा कसरी यसको प्रयोग भइरहेको छ भन्ने कुरा सिकेर सोहीअनुसार प्रयोगमा ल्याउँछौँ ।”

    अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले क्यान्सर उपचारको रेडिएसन (सेकाइमा) मेडिकल फिजिसिस्टको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले यो कार्यशालाले यहाँको उपचारलाई थप गुणस्तरीय र प्रभावकारी हुने बताउनुभयो । कार्यशाला आइतबार समापन हुनेछ । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.