• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नागरिकता विधेयक समितिमा नपठाई द्रुत प्रक्रियाबाट पारित गर्ने तयारी

  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक द्रुत प्रक्रिया (फास्ट ट्र्याक)मा अघि बढ्ने भएको छ । नागरिकता वितरणमा देखिएका व्यावहारिक समस्या सम्बोधनका लागि ल्याइएको विधेयक दफावार छलफलका लागि समितिमा नपठाई सदनकै पूर्ण बैठकबाट छलफल गराई पारितको तयारी सरकारले गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ, प्रतिनिधि सभाले आज विधेयक पारितको सम्भावित कार्यसूचीमा राखेको छ तर गृह मन्त्रालयले विधेयकको संशोधनकर्ता सदस्यसँग छलफल गरेर मात्र अघि बढाउन चाहेको जानकारी संसद्लाई पठाएसँगै आज नै पारित हुने वा नहुने भने निश्चित छैन ।

    सरकारले यसअघि अध्यादेश प्रतिस्थापनका दुई विधेयक पनि फास्ट ट्र्याकमै प्रतिनिधि सभाबाट पारित गरिसकेको छ ।  संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नागरिकता विधेयक पारितको सम्भावित कार्यसूचीमा परे पनि आज अघि बढ्ने निश्चित नरहेको बताउनुभयो । गिरीले भन्नुभयो, “विधेयक पारितको सम्भावित कार्यसूची तय भएको छ तर संशोधनकर्तासँग सम्बन्धित मन्त्रालयले छलफल चाहेको जानकारी पनि पाएका छौँ । बुधवार नै पारितको प्रक्रिया अघि बढ्ने निश्चित भने छैन ।” नागरिकता वितरणका व्यावहारिक समस्या सुल्झाउन विभिन्न मुद्दामा सर्वोच्च र उच्च अदालतले गरेको आदेश कार्यान्वयनका लागि सरकारले विधेयक अघि बढाएको हो । नागरिकता वितरणका कानुनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो ।

    विधेयकमा ३५ संशोधन दर्ता भएका छन् । प्रस्तावित विधेयकले वैदेशिक रोजगारमा जाँदा विदेशमै बच्चा जन्माएका व्यक्तिका सन्तानले नागरिकता पाउने बाटो खोलेको छ । वैदेशिक रोजगारमा गएका बेला विदेशमै सन्तान जन्माएर फर्किएका महिलाका सन्तानलाई बुवा पहिचान नभएको अवस्थामा नेपाली नागरिकता दिने प्रस्ताव विधेयकमा छ । विदेशमा यौनजन्य परिबन्धमा परेर बच्चा जन्माएका नेपाली महिलाका सन्तानले अहिले नागरिकता पाइरहेका छैनन् । जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रमा बुवाको नाम भएका तर अन्य पहिचान नखुलेको तथा बुवा सम्पर्कमा नरहेका व्यक्तिलाई आमाको नामबाट नागरिकता दिने प्रस्ताव विधेयकले गरेको छ । अदालतहरूले विभिन्न समयमा यस्ता व्यक्तिका सन्तानलाई नागरिकता दिन आदेश गरेको थियो । यसका लागि स्वघोषणालाई सर्त मानिएको छ ।

    स्वघोषणा झुटो ठहर भएमा कैदको प्रस्ताव पनि विधेयकले गरेको छ । यस्तै विधेयकले बुवा वा आमामध्ये एकले जन्मका आधारमा नागरिकता लिएको तर अर्कोले नागरिकता नलिँदै मुत्यु भएको अवस्थामा निजहरूका सन्तानलाई पनि नागरिकता दिने प्रस्ताव गरेको छ । बुवाले नागरिकता नपाउँदै मृत्यु भएकोमा आमाकै नामबाट नागरिकता पाउने विकल्प विधेयकले खोलेको छ । यस्ता व्यक्तिलाई नागरिकता दिन स्वेता श्रीवास्तवविरुद्ध जिल्ला प्रशासन कार्यालय बर्दियाको मुद्दामा तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले २०७२ मै आदेश गरेको थियो ।

    नौ वर्षपछि फैसला कार्यान्वयन गर्ने गरी विधेयक अघि बढाइएको हो । यस्तै सरकारले नाबालक परिचयपत्र जारीको पनि प्रस्ताव विधेयकमा गरेको छ । १६ वर्ष उमेर पूरा नभएको र बुवा वा आमामध्ये एक नेपाली नागरिक रहेको नाबालकलाई यस्तो परिचयपत्र जारी गर्ने प्रस्ताव विधेयकमा छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.