बागलुङ । बागलुङमा प्रहरीले १५० किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्ती रहेका छन् । आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।








