• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

समय अगावै पालुवा पलाउँदा सङ्कटमा पुतलीको जीवन

  •   बुधबार, चैत १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । फागुन नलाग्दै पलाएका बोटबिरुवाका पालुवा करिब–करिब छिप्पिसकेका छन्। भर्खर निस्कन थालेका लार्भाले खाने पालुवा समय अगावै पलाउँदा खानेकुराको जोहो गर्न उनीहरूलाई कठिन हुन थालेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ, हिउँद तातो हुँदै गएको विभिन्न अध्ययनहरूले पनि देखाएको छ, जसले बोटबिरुवामा पालुवा र फूल छिट्टै लाग्न थालेका छन्।

    वन तथा वातावरण मन्त्रालयका इकोलोजिस्ट डा प्रकाशसिंह थापाका अनुसार बढ्दो तापक्रमसँगै बदलिँदो जलवायु परिवर्तनको असर पुतलीको जीवनचक्रमा पर्न थालेको छ। ‘पुतलीको पहिलो सानो लार्भाले खाने बेलामा तिनका पात छिप्पिसकेको हुन्छ र खान सक्दैन। त्यसले उसको जीवन सङ्कटमा पर्न थालेको छ’, उनले भने।

    खानेकुराको चक्रमा असर पर्दा पुतली लार्भा कमलो पातको खोजीमा भौँतारिँदै पुतली नहुँदै मर्न सक्ने खतरा बढेको छ। पुतलीको जीवनचक्रमा पहिले पुतलीले पारेको फुल सुहाउँदिलो न्यानो मौसममा लार्भामा परिणत हुन्छ। सानोबाट मध्यम र ठुलो हुँदै लार्भाको चार चरणको काँचुली फेरिसकेपछि पाँचौँ चरणमा प्युपामा परिणत भएको करिब एक सातामा वयस्क पुतली बनेर निस्कन्छ। यी सबै चरण पार गर्न वातावरण सुहाउँदो भएमा कम्तीमा चार हप्ता लाग्छ। पुतली नेपालको पारिस्थितिक प्रणालीको महत्वपूर्ण चरका रूपमा रहेको छ।

    पुतली नहुँदो हो त ठूला(साना बोटबिरुवामा फूल तथा फल लाग्नै कठिन हुन्थ्यो। पुतली एउटा बोटदेखि अर्को बोट अनि एउटा फूलदेखि अर्को फूलमा रमाउँदै हिँड्ने जीव हो। ‘मात्र रमाउने काम यसले गर्दैन, बिरुवामा फूल र फल लगाउने महत्वपूर्ण काम ‘पोलिनेसन’ गराउने सारथि पुतली हुन्’, पुतलीविज्ञ भैया खनालले भने।’ निशाचर र दिवाचर दुईथरीका पुतली प्रकृतिमा पाइन्छन्। दिवाचर दिउँसो सक्रिय हुन्छन् भने निशाचर रातमा बढी सक्रिय हुन्छन्। रातमा सक्रिय हुने प्रायः मोथ पुतली रहेको उनले बताए उनका अनुसार हिउँद सकिएसँगै लाग्ने वसन्त ऋतुको आगमनले बोटबिरुवाले पालुवा हाल्ने र फूल फुल्ने मौसम ल्याउँछ। यही मौसममा पुतलीले आफ्ना अन्डाबाट लार्भा जन्माउँछन्।

    अनि लार्भा खानाको खोजीमा बोटबिरुवाका पातपातमा पुग्छन्। लार्भा अति नै खन्चुवा हुन्छ। पुतलीविज्ञ खनालका अनुसार कतिपय पुतली एउटै खालका बोट बिरुवाका पात मात्र मन पराउने हुन्छ, जसलाई मोनो फाइलस भनिन्छ। कतिपय भने दुईभन्दा बढी बोटबिरुवाका पात छानी छानी खान रुचाउँछन्। नेपालभरमा कुल ६९२ प्रजातिका पुतली रेकर्ड भएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.