• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्ष मनाउन पर्यटकको आगमन बढेपछि कारोबार पनि वृद्धि भएको बताउनुभयो ।

    यसअघि दैनिक करिब एक हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पछिल्लो दुई दिनयता आगन्तुकको सङ्ख्या बढेर दैनिक दुई हजार पुगेको उहाँले जानकारी दिनुभयो । “दुई हजार जनाले बास बस्नेसक्ने क्षमता यहाँका होटलको छ । तर, पछिल्लो दुई दिनदेखि यहाँका सबै होटल भरिभराउ भएका छन्”, उहाँले भन्नुभयो । नयाँ वर्ष लक्षित पर्यटकको आगमन दोब्बरले बढेको जनाउँदै अध्यक्ष प्रधानले अहिले यहाँका होटलले १५ प्रतिशत छुटको व्यवस्था गरेका जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “नयाँ वर्षमा यहाँ आयोजना गरिएको स्थानीय परिकारका खानाको महोत्सवले पनि पर्यटकको आगमन बढाएको हो । शनिबारदेखि यहाँ पर्यटकको चहलपहल बढेको छ ।” अन्य समयमा घुमेर फर्किने पर्यटक बढी हुने गरेकामा नयाँ वर्षमा बास बस्न आउनेको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ । अध्यक्ष प्रधानका अनुसार नयाँ वर्षलाई लक्षितगरी बन्दीपुरमा दुई हजार बढी पर्यटक आइपुगेका छन् । यहाँ आएकामध्ये ८० प्रतिशत बास बसेका छन् ।

    यस वर्ष यहाँ दुई लाख १० हजार पर्यटक आएकामध्ये ६० बाह्य र एक लाख ५० हजार आन्तरिक पर्यटक रहेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ । बन्दीपुर सामुदायिक होमस्टेकी दिलकुमारी थापाले नयाँ वर्षको आगमनसँगै आन्तरिक पाहुँनाको आगमन बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टेमा पारिवारिक हिसाबले बस्न पाइने भएकाले पनि आन्तरिक पाहुना होमस्टेमा बस्न रुचाउँछन् ।” यहाँ होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालित छन् ।

    यहाँ शनिबारदेखि स्थानीय जातका ९रैथाने० खाना महोत्सव सुरु भएको छ । महोत्सवको औपचारिक उद्घाटन आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्दै हुनुहुन्छ । महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष घोषणा गरेर हामी यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जुटेका छौँ ।

    सन् २०२५ भरी यहाँ विविध कार्यक्रम आयोजना गरी यस क्षेत्रको प्रचारप्रसार गर्नेछौँ ।” महोत्सवमा मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाँचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।

    बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा सो सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

    भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने अध्यक्ष थापाले उल्लेख गर्नुभयो । रासस

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.