काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ । क्वारेन्टिनमा भने १०१३ जना रहेका छन् ।








