• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

यु–१६ क्रिकेट छनोट प्रतियोगिताको ट्रफी र जर्सी सार्वजनिक

  •   मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा ‘यु–१६ जिल्ला छनोट प्रतियोगिता’ बिहीबारदेखि सुरु हुने भएको छ । मंगलबार ट्रफी तथा जर्सी सार्वजनिक गर्दै संघले वैशाख २५ देखि २८ गतेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा छनोट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

    प्रतियोगितामा नगद पुरस्कार नभए पनि व्यक्तिगत विधामा खेलाडीहरुले अवार्ड प्राप्त गर्ने पियाले बताउनुभयो । प्रारम्भिक चरणमा सहभागि १३१ जना खेलाडीबाट ५६ जना खेलाडीलाई दोस्रो चरणमा लगिएको पियाले बताउनुभयो । ‘युवा खेलाडीहरुको संख्या बढेको देख्दा निकै उत्साहित भएको छु, हामीलाई ५६ जना खेलाडी छान्न निकै कठिन भयो, यो क्रिकेट प्रतिको बढ्दो मायाको रुपमा बुझेको छु’–अध्यक्ष पियाले भन्नुभयो ।

    प्रतियोगितामा १२ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् भने १६ वर्ष पुरा नभएका २०६५ भदौ १६ गतेदेखि जन्मिएका खेलाडीले सहभागिता जनाउन पाउने छन् । नारायणगढस्थित क्याम्पाचौरमा गरिएको प्रारम्भिक छनोट चरणमा ५६ जना खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरिएको हो । चितवन जिल्ला क्रिकेट संघका कार्यसमिति सदस्य तथा नेपालका पूर्व कप्तान राजु खड्का प्रमुख छनोट रहेको टिमले दोस्रो चरणका लागि खेलाडी छनोट गरेको हो । उनीहरुलाई ४ टिममा विभाजन गरिएको छ ।

    चार टिमको नाम ‘रेड नाइट्स’, ‘ग्रीन ग्लाडियटर्स’, ‘ब्लु स्टार्स’ र ‘मरुन मेट्स’ राखिएको छ । ती ४ टिमले भरतपुर–१५, स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने अन्तिम छनोट प्रतियोगितामा एकआपसमा भिड्ने छ ।४ टिमको कप्तान समेत घोषणा गरिएको छ । ‘रेड नाइट्स’को कप्तानमा उमेर समूहमा राष्ट्रिय टिमबाट खेलिसकेका ओपनर ब्याटर सूर्याशु कोइराला रहेका छन् ।

    मरुन मेट्सको कप्तानमा कृष्ण भण्डारी, ब्लु स्टारको कप्तानमा सरिश रखाल र ग्रीन ग्लाडियटर्सको कप्तानमा सन्देश सुवेदी रहेका छन् । २० ओभरमा खेलाइने प्रतियोगितामा सबै टिमले समान ३–३ खेल खेल्ने छन् । यस प्रतियोगिताबाट चितवन जिल्ला टिम निर्माण गरिने छ । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । पहिलो दिनको पहिलो खेलमा रेड नाइट्स र ग्रीन ग्लाडियटर्सबीच विहान ८ बजे प्रतिस्पर्धा हुनेछ । सोही दिन दिउँसो ३ बजेदेखि दोस्रो खेलमा ब्लु स्टार र मरुन मेट्सबीच प्रतिस्पर्धा हुने संघका सचिव सुरज ज्ञवालीले जानकारी दिए ।

    ट्रफी र जर्सी सार्वजनिक

    चार दिनसम्म चल्ने प्रतियोगिताको ट्रफी अनावरण गरिनुको साथै चारै टिमको जर्सी समेत सार्वजनिक गरिएको छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि.का प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले संयुक्त रुपमा ट्रफी र जर्सी सार्वजनिक गर्नुभयो ।

    सो क्रममा बोल्दै सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले चितवन र नवलपुरमा खेल क्षेत्रका लागि कलेजले सक्दो सयोग गर्दै आइरहेको बताउनुभयो । पछिल्लो समय क्रिकेटमा युवाहरुको क्रेज बढ्नुको साथै सफलता समेत हात पार्न थालेपछि यस खेललाई कलेजले विशेष प्राथमिकताका साथ राखेर अघि बढेको बताउनुभयो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिता सफल बनाउन सबै लागि परेको बताउनुभयो । उहाँले सिमित स्रोतसाधनकाबीचमा यो प्रतियोगिता गर्न लागिएको भन्दै यसबाट चितवन जिल्लाले राम्रो खेलाडी पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

    स्वागत मन्तव्य व्यक्त गर्दै संघका उपाध्यक्ष उमेश पियाले युवा खेलाडीहरुलाई अगाडि बढाउन यो प्रतियोगिता महत्वपूर्ण रहेको भन्दै प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । संघका सचिव सुरज ज्ञवालीले वैशाख २८ गते भित्रमा क्यानले पत्रचार गरेकाले सोही अनुसार प्रतियोगिता सफल बनाउन संघ लागि परेको बताउनुभयो । कार्यक्रममा संघका कोषाध्यक्ष अर्जुन केसी, सदस्य प्रशान्त कुमार पिया, माडी संयोजक महादीप श्रेष्ठ, सेन्ट्रल कलेजका भाइस प्रिन्सिपल ऋषि भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

    एसियन क्रिकेट काउन्सीलको कार्यक्रम अनुसार जुन २०२५ मा संचालन हुन लागेको एसीसी पुरुष यु–१६ इस्ट जोन कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । त्यस अनुरुप यही वैशाख २८ गतेभित्रमा यु–१६ जिल्ला छनोट प्रतियोगिता आयोजना गर्न निर्देशन बमोजिम चितवन जिल्ला क्रिकेट संघले ‘यु–१६ चितवन जिल्ला छनोट प्रतियोगिता’ आयोजना गर्न लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि. रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.