पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा पार्किङ गरेर राखेको दुई मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजारका १९ वर्षीय दिवश रानाभाट रहेका छन् । उनले असोज २६ मा राति शिशुनिकेतन मार्गस्थित सन्तोष आयल स्टोर अगाडि पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बर र ग ७ प ९७८८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको जनाईएको छ । उनलाई पोखरा–१७ बिरौटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।








