• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर र वीर अस्पतालमा हुन सकेन एमबिबिएसको पढाइ

  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सरकारले नीति तथा कार्यक्रममा चितवनको भरतपुर अस्पतालसहित चारवटा ठाउँमा एमबिबिएस तहको अध्यापन गराउने विषय समावेश गर्‍यो। सोही नीतिअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसका कक्षा सञ्चानल भए, तर चितवनको भरतपुर अस्पताल र वीर अस्पतालमा भने एमबिबिएसको कार्यक्रम रोकिएको छ। एमबिबिएसका कक्षा सञ्चालनका लागि मापदण्ड पूरा भए पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले (न्याम्स) अनुमति नदिँदा कक्षा सञ्चालन गर्न नसकिएको भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले जानकारी दिए।

    ‘यहाँ २०६९ सालदेखि स्वास्थ्यका शैक्षिक कार्यक्रम सुरु भएका हुन्। अहिलेसम्म आउँदा एमबिबिएस पढाउन सम्पूर्ण मापदण्ड पुगिसकेको छ’, अध्यक्ष पौडेलले भने, ‘अध्यापनका लागि अनुमति दिएमा हामी कक्षा सञ्चालन गर्न सक्छौँ।’ सरकारले २०८१/८२ को रातो किताबमा एमबिबिएसको कक्षा सञ्चालनका लागि चारवटा अस्पताललाई पाँच करोड रूपैयाँ बजेट विनियोजनसमेत गरेको थियो। सोहीअनुसार भरतपुर अस्पतालले कक्षा सञ्चालन गर्न गत जेठमा विज्ञापनसमेत खुलाएको थियो। न्याम्सले अनुमति नदिएपछि कार्यक्रम रद्द गर्नुपरेको अध्यक्ष पौडेलले बताए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले कक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगबाट अनुमति लिनुपर्ने हुन्छ। यी दुई संस्थाबिच समन्वय हुन नसक्दा वीर र भरतपुरमा एमबिबिएसका कार्यक्रम रोकिएको उनको बुझाइ छ। ‘न्याम्सले चिकित्सा शिक्षा आयोगसँग गर्ने प्रक्रिया समयमा गर्न नसक्नु र सरकारले बजेटको सुनिश्चितता गर्न नसक्दा हाम्रा कार्यक्रम रोकिए’, उनले भने, ‘न्याम्सले अनुमति दिए स्रोतको सुनिश्चितता हामी गर्छौं।’

    सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा पनि यसै वर्षदेखि एमबिबिएस पठनपाठनको तयारी गरिरहेको छ, तर मापदण्ड पुगेको र बजेटसमेत परेको समयमा न्याम्सले अनुमति नदिँदा कक्षा सञ्चालन गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल बताउँछन्। उनका अनुसार भरतपुर अस्पतालमा एमबिबिएसका लागि आवश्यक पर्ने प्रोफेसर छन्। ‘हामीसँग तत्कालका लागि केही एसोसिएट प्रोफेसर भए पुग्छ’, उनले भने, ‘भौतिक संरचनासमेत मापदण्डअनुसार तयार भइसकेका छन्।’ एमबिबिएसका लागि सरकारले पचास जनाको कोटा दिएको थियो। राजधानी बाहिर एकजना विद्यार्थीले ४५ लाख रूपैयाँ तिर्नुपर्ने हुन्छ। विद्यार्थीको शुल्क र अस्पताल विकास समितिको बजेटबाट एमबिबिएसका कक्षा सञ्चालन गर्नका लागि आवश्यक बजेट पुग्ने दाबी उनको छ। यहाँ अहिले बिएसी नर्सिङ, बिएनएस, एमडिएमएसका कक्षा सञ्चालन छन्।

    फेलोसिपमार्फत नवजात शिशु र स्पाइनल सर्जरीसम्बन्धी एमडिएमएसका कक्षा सञ्चालन भएको उनले बताए। भरतपुर अस्पताल संघीय अस्पतालमा पर्दछ। यहाँ दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन्। अस्पताल प्रशासनले एमबिबिएसका कक्षा सञ्चालन गर्नका लागि प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीलाई भेट्ने र अनुरोध गर्ने गरिरहन्छ। केही दिनअघि भरतपुर अस्पतालमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एमबिबिएसका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए। ‘एमबिबिएस कार्यक्रम एकेडेमिक कार्यक्रम हो। स्वास्थ्य मन्त्रालयसँग मात्रै हैन, चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित कार्यक्रम हो।

    अघिल्लो वर्ष आयोगले नै स्वीकृत नदिँदा यो अस्पतालले एमबिबिएस पढाउन पाएन। यो वर्ष हामीले अहिल्यै आयोगलाई पत्र लेखेर अनुमति मागिसकेका छौं’, उनले भनेका थिए। विगतमा प्रतिष्ठान नहुँदा भरतपुरले एमबिबिएस कार्यक्रम नपाएको उनले बताए। प्रतिष्ठान नभए पनि मन्त्रालयकै पहलमा भरतपुरमा एमबिबिएस सञ्चालन हुने उनको भनाइ थियो। अहिले रहेका प्रतिष्ठानहरूलाई पनि एकीकृत ऐन बनाएर सञ्चालन गरिने योजना रहेको उनले बताए।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.