काठमाडौं । सरकारले एक स्थानीय निकायबाट अर्को निकायमा जान नपाईने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो। त्यसैगरी एक जिल्लाबाट अर्को जिल्लामा र प्रदेशबाट प्रदेशमा हुने आवागमन रोक्ने निर्णय गरेको छ। बन्दाबन्दीलाई सबै निकायले पूर्ण रुपमा पालना गर्नुपर्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए। `लकडाउन पूर्ण पालना गराउन प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्लामा जान र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमन कडाइ गर्ने भएको छ, ´ सञ्चार तथा प्रविधि तथा अर्थमन्त्रीसमेत रहेका खतिवडाले भने, ´कोरोनाको संक्रमणलाई न्युनीकरण गर्न सबैले यो नियम पालना गरौं। ´ आज बसेको मन्त्रिपरिषद्ले कैलाली, कञ्चनपुर र वाग्लुङमा र्यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।








