• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

इच्छाकामना पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका कार्यालयको सभाहल कुरिनटारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । गाउँपालिकाभित्र रहेका पाँचबर्ष मुनिका सम्पूर्ण बालबालिकाले पूर्णखोप लगाएको पाएपछि गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको हो ।

    गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाका अनुसार सर्वेक्षणको क्रममा गाउँपालिका भित्र रहेका पाँच बर्ष मुनिका एक हजार सात सय ८८ बालबालिकाहरुले खोप लगाइएको पाएको थियो । पालिकाभित्र रहेका १६ देखि २३ महिना सम्मका २८२ र २४महिना देखि ५९ महिना सम्मका एक हजार ५७ जना बालबालिकाले पूर्ण खोप पाएका हुन् । सर्वेक्षणको क्रममा १४ जना बालबालिकाको खोप छुटेको पाइएकोमा ती बालबालिकालाई आवश्यक खोप लगाएर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको उहाँले बताउनुभयो। गाउँपालिका अध्यक्षदानबहादुर गरुङले सबैको साथ र सहयोगले गाउँपालिकालाई पूर्णखोपयुक्तपालिका घोषणा गर्न सफलभएको बताउनुभयो ।उहाँले स्वास्थ्यकर्मी स्वयंसेविकालाई धन्यवाद दिनुभयो ।

    घोषणापछि पुनःयसलाई कायम राख्नकालागि सबैको सक्रियता आवश्यक पर्ने भएकाले सोही अनुसारको भूमिकाको अपेक्षा गरेको बताउनुभयो ।गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरि गाउँपालिकाको नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो । साथै गाउँपालिकाले सञ्चालन गरेको इच्छाकामना आधारभूत अस्पतालले इच्छाकामना मात्रनभई गोरखाको गण्डकी, सहिदलखन गाउँपालिका र धादिङको बेनिघाट रोराङका जनतालाई समेत सेवा प्रदान गरिरहेको बताउनुभयो ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्न सफलभएकोमा बधाइदिदैँ यसलाई पुन: कायम राख्न सबैको भूमिका आवश्यक रहनेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले प्रत्येक वडालाई पूर्णखोपयुक्त वडाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा खोप समन्वय समिति चितवनका सदस्य सचिव दिनेश रुपाखेतीले गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ,उपाध्यक्ष माया सिलवाल स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत,जनस्वास्थ्य कार्यालय चितवनका पूर्णखोप सुनिश्चितता कार्यक्रमका फोकल पर्सन राम केसी, तथ्याङ्कअधिकृत इन्द्रमणि भण्डारी, वडाध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमसखहरु, स्वास्थ्यकर्मी, स्वयंसेवीका, टोल सुधार समितिका प्रतिनिधि, इच्छाकामना आधारभूत अस्पताल कुरिनटारका व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.