• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

राप्तीलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा

  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको राप्ती नगरपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । राप्तीका १३ वटै वडाहरुबाट सम्पूर्ण प्रक्रिया पूरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । पूर्णखोप दिगोपना सुनिश्चितताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्यसचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले राप्ती नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

    सो अवसरमा १३ वटै वडालाई पूर्णखोप वडाको प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणपूर्व गरिएको सर्वेक्षणले जन्मेदेखि खोप नपाएका र नियमित नलगाएका बालबालिकाको पहिचान भएको बताए । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले नेपालको संविधान २०७२ ले पूर्णखोप पाउने ग्यारेन्टी गरेको र संविधानप्रदत्त हकबमोजिम १५ महिनाभित्रका बालबालिकालाई १३ प्रकारका खोप लगाइँदै आएको बताए । मेयर शमशेर लामाले शिक्षाा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको भन्दै नगरमा विद्यमान बेतिथिका कारण स्वास्थ्य क्षेत्र संकटमा परेको बताए ।

    दैनिक ज्यालादारी कर्मचारी हटाउदा त्यसको असर स्वास्थ्य क्षेत्रमा परेको भन्दै उनले नागरिकलाई निःशुल्क सेवा प्रदान गर्न सञ्चालन गरिएको एम्बुलेन्स र विकटमा स्वास्थ्य केन्द्र बन्द भएको बताए । कार्यक्रममा निर्वतमान उपमेयर समेत रहेका भूमि समस्या सामधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामाले जनप्रतिनिधि बीचको विवादले राप्तीको छवि विग्रिएको भन्दै सम्बन्ध सुधार गरेर राप्तीको विकासमा जुट्न आग्रह गरे । स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले राप्तीमा सर्वेक्षणको क्रममा ६ जना बालबालिकाले खोप नपाएको र २५ जना नियमित नभएको पाइएको बताए । राप्तीका ३ हजार ५९८ जना बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए ।

    मेयर लामाको अध्यक्षतमा भएको कार्यक्रममा वडाध्यक्षहरु सीताराम बल, सुमिता डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए । स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले सञ्चालन गरेको कार्यक्रममा अधिकृत छैठौं कर्मचारी राजेन्द्र घायलले सचेतनामुलक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा उपमेयर देवेन्द्र लामा सहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य संयमसेविकाहरुको उपस्थिति रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.