• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्टकल्याण्ड नेपालसँग दुई विकेटले पराजित

  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ। गएराति भएको खेलमा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २ बल बाँकी हुँदै ९७ रनमा अलआउट भएको थियो। जवाफमा नेपालले पाएको ९८ रनको कमजोर लक्ष्यमा पनि नेपालले कडा संघर्ष गर्नु पर्यो। नेपालले इनिङको अन्तिम बल बाँकी हुँदा ८ वकेट गुमाएर लक्ष्य पुरा गर्यो।

    नेपालका जितमा ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए। त्यस्तै बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्ना १० रन बनाएका थिए। नेपालका लागि विजयी रन भने सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पुरा गरेका थिए। उनीसँग करण केसी ३ रनमा अविजित रहे। कमजोर स्कोरका बाबजुत नेपाली ब्याटरलाई दबाब दिन सफल भएको स्कटल्यान्डका लागि माइकल लिस्क र सफ्यान सरिफले समान २(२ विकेट लिंदा ब्रान्डन म्याकमुलम, मार्क वाट, ज्याक जार्भिस, र जसपर डेभिडसनले समान १(१ विकेट लिए। त्यसअघि नेपालको उत्कृष्ट बलिङमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिएका थिए। त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २(२ विकेट लिंदा ललित राजवंशीले १ विकेट हात पारेका थिए।

    नेपाल विरुद्ध सुरुवातबाटै धर्मराएको स्कटल्यान्डको इनिङ सुरुवाती २४ रन जोड्दै ५ विकेट गुमाउन पुगेको थियो। त्यसपछि छैटौं विकेटका लागि माइकल लिस्क र कप्तान म्याथ्यु क्रसले ३९ रनको साझेदारी गरे। उक्त साझेदारी लामिछानेले तोड्दै पुन स्कटल्यान्डलाई धरासायि बनाए। उनले कप्तान क्रसको विकेट सहित २ बलमा २ विकेट लिएर पुन नेपाललाई खेलमा फर्काए। उनले तीन खेलाडीलाई बोल्ड गर्दा स्यान सरिफलाई एलबिडब्लु आउट गरे।

    स्कटल्यान्डका लागि लिस्कले ४६ बलमा ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झना योग्य रहेन्। उनी बाहेक कप्तान क्रसले १५ रन बनाउँदा ब्रान्डन म्याकमुलमको १० रन थप दोहोरो स्कोरका रुपमा रह्यो। मंगलबारको खेलमा नेपालका बलर करण केसीले आफ्नो १ सयौं विकेटको कोसेढुङ्गा समेत पुरा गरे।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.