• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रेडियोलोजिकल सोसाइटीको चितवनमा प्रदर्शन, ‘हामी न्याय चाहन्छौं’ भन्दै सडकमा उत्रिए

  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रदेशले स्वास्थ्य मन्त्रालयद्वारा ल्याइएको नयाँ रेडियोलोजीसम्बन्धी नीतिको विरोधमा आज साँझ चितवनको भरतपुरमा शान्तिपूर्ण प्रदर्शन सम्पन्न गरेको छ। भरतपुरको चौबीसकोठी चोकमा आयोजित विरोध कार्यक्रममा रेडियोलोजी क्षेत्रमा कार्यरत स्वास्थ्य प्राविधिक, प्रशिक्षार्थी, चिकित्सक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रदर्शनमा सहभागीहरूले हातमा प्लेकार्ड बोकेर सरकारको नीति प्रतिगामी र विभेदकारी भएको आरोप लगाएका थिए।

    “रेडियोग्राफरको अधिकार, स्वास्थ्य सेवाको आधार”, “अविलम्ब हाम्रा रेडियोग्राफर अधिकार सुनिश्चित गर”, “रेडियोलोजिस्टको करियर सुरक्षित गर”, “भविष्य निर्माण गर, समान अवसर दे”, “नीति बनाउँदा सरोकारवालाको सहभागिता किन नसम्झियो ?” लगायतका नाराहरू उल्लेखित प्लेकार्डसहित सहभागीहरूले सरकारको ध्यानाकर्षण गराए। नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष अमृत काफ्ले र महासचिव चिरञ्जिवी पन्थीको अगुवाइमा भएको उक्त प्रदर्शनमा उनीहरूले स्वास्थ्य मन्त्रालयले ल्याएको नीति बिना समन्वय, परामर्श र पेशागत सहभागिता बनाएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे। उनीहरूका अनुसार नयाँ नीतिले रेडियोलोजी सेवाका पेशाकर्मीहरूको दरबन्दी, भविष्य र प्रतिष्ठालाई कमजोर बनाउने खतरा रहेको छ।

    विरोध कार्यक्रममा सहभागी रेडियोलोजी विद्यार्थी तथा प्राविधिकहरूले मौन प्रदर्शनसँगै ब्यानर प्रदर्शन गरेर राज्यको गम्भीर ध्यानाकर्षण गराएका थिए। ब्यानरमा “रेडियोग्राफर पेशाको दरबन्दी नेपाल सरकारको नीति अनुसार पुनरावलोकन गर”, “हाम्रो पेशाको अस्तित्व नीतिमा समावेश गर” भन्ने भनाइ स्पष्ट रूपमा उल्लेख गरिएको थियो। कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष काफ्लेले भने, “हामी सेवा क्षेत्रमा व्यावसायिक मर्यादा र सम्मान खोजिरहेका छौं, तर नीतिगत बेवास्ताले हामीलाई सडकमा आउन बाध्य बनायो।”

    उनले राज्यलाई समावेशी र व्यावसायिक परामर्शमा आधारित नीति बनाउन आग्रह गरे। भविष्यमा रेडियोलोजी क्षेत्रलाई शिक्षित जनशक्ति आपूर्ति गर्न र सेवा गुणस्तर कायम राख्न यो नीति सुधार आवश्यक रहेको उनको भनाई छ उनले राज्यसँग संवादको ढोका खुला रहेको स्पष्ट गर्दै, माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनमा जानुपर्ने चेतावनी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयपछि संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेको प्रस्ताव अर्थ मनत्रालय पठाएको छ।

    जसअनुसार दुई हजार भन्दा बढी स्वास्थ्यका जनशक्ति थपिनेछन्। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुमा जनशक्ति कम भएको भन्दै थप २ हजार १०२ दरबन्दी प्रस्ताव अर्थ मन्त्रालयसमक्ष पेश गरेको छ। लामो समयको अन्तरालमा आएको उक्त प्रस्तावमा स्वास्थ्यकर्मीहरुको असन्तुष्टि चरम छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.