• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मनसुन बलियो बन्दै, यो साता यी स्थानमा भीषण वर्षा हुने

  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं। यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ ।

    साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    त्यसपछिका बाँकी दिनमा बागमतीदेखि पूर्वका तीन वटा प्रदेशका विभिन्न भूभागमा अधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनले भनिन्, “मौसम विश्लेषणले अबका दिनमा सम्भावित भीषण र अति भीषण वर्षा दोहोरिने दिनहरू बढी देखाइरहेको छ, त्यसैले सावधानी र सतर्कता दुवै अपनाउनुपर्ने देखिन्छ ।”

    महाशाखाका अनुसार मनसुन नेपालमा बलियो बन्दै फैलँदै गएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालमा पूर्वमा सरदर स्थानमा र पश्चिममा दक्षिणतर्फ तेर्सिंदै उत्तरतर्फ पश्चिम नेपालको नजिक आइपुगेको छ । त्यसैले पनि नेपालको पश्चिमी भूभागमा शनिबार रातिदेखि साताको पहिलो तीन दिनमा अधिक वर्षा गराउँदै छ । बुधबारदेखि न्यूनचापीय रेखा पूर्वी नेपालको नजिक सर्ने भएकाले पूर्वदेखि मध्य नेपालमा अधिक वर्षा गराउने सम्भावना रहेको मानन्धरले जानकारी दिनुभयो । जसले बागमती, कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा गराउने छ ।

    महाशाखाका अनुसार शनिबार राति नै कतिपय स्थानमा भीषण वर्षा रेकर्ड भएको छ । विगत २४ घण्टामा सबैभन्दा बढी कर्णाली प्रदेशको सल्यानस्थित स्याउलीवाङमा १६३ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यसपछि कञ्चनपुरको हनुमानगढीमा १२४ मिलिमिटर, दाङको गढवामा १२३ मिलिमिटर, कैलालीमा १२१ मिलिमिटर वर्षा रेकर्ड भएको छ । मध्य नेपालमा पनि भीषण वर्षाको क्रम सुरु भएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकको गोब्रे भन्ने स्थानमा १०६ मिलिमिटर र मानेखर्कमा ९१ मिलिमिटर वर्षा भएको छ ।

    यो क्रम बुधबारपछि यस भेगमा थप बढोत्तरी हुने सम्भावना रहेकाले पूर्वसूचनाप्रति सतर्क रहँदै आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । विभागको सूचनालाई मध्यनजर गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लाले अधिक सावधानी अपनाउन अपिल गरेका छन् । लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा अति भीषण वर्षाको सम्भावना रहेकाले पूर्वसूचनाको पालना गर्दै सावधान रहन भनिएको छ ।

    प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार अन्य पहाडी भूभागमा पनि भीषण वर्षाको सम्भावना उच्च रहेकाले सतर्क रहनु पर्छ ।

    प्राधिकरणले अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, मौसमी सूचनाको जानकारी राख्दै डुबान हुन सक्ने घरका नागरिकले सतर्कता अपनाउन सुझाएको छ । नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउँदै किनारामा कुनै काम नगर्न र उच्च जोखिम रहेका जिल्लाका विपत् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यक निर्णय गर्न र पालना गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.