चितवन । भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । मानसिक रोगको उपचारसगैँ पूनर्थापना सहित जनचेतना बढाउने उदेश्यले केन्द्र निर्माण गर्न लागिएको हो । नेपाल ईन्टूच्यूट अफ मेन्टल हेल्थको सहकार्यमा अस्पतालले सो केन्द्र स्थापना गर्न लागेको हो ।
संयुक्त राज्य अमेरिकामा रहेका मानसिक स्वास्थ्य क्षेत्रका चिकित्सक, परामर्शदाता र जनस्वास्थ्य विज्ञहरुको संस्था नेपाल ईन्टूच्यूट अफ मेन्टल हेल्थले केन्द्र निर्माणकालागि ५० प्रतिशत लगानी गर्ने सम्झौता पत्रमा सोमवार हस्ताक्षर भएको छ ।
अस्पतालका अध्यक्ष राजु पौडेलले केन्द्र स्थापनाकालागि तत्काल ५ करोड रुपियाँ खर्च लाग्ने र सो रकम मध्ये ईन्टूच्यूटले आधा रकम लगानी गर्ने सम्झौता भएको जानकारी दिनुभयो ।
“ईन्टूच्यूटसगै भरतपुर अस्पतालले पनि लगानीको २५ प्रतिशत र बाँकी २५ प्रतिशत विभिन्न दाताहरुसग सहयोग जुटाउने गरि केन्द्र बनाउन लागेका छौँ । यो हामी डेड देखि दुई वर्ष भित्रमा संञ्चालनमा ल्याउने छौँ”, उहाँले भन्नुभयो ।
सम्झौतामा अस्पतालका तर्फवाट अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले र “ईन्टूच्यूटका तर्फवाट कार्यकारी निर्देशक डा. श्रीधर पौडेल र सदस्य डा. खगेन्द्र काफ्लेले हस्ताक्षर गर्नुभएको छ ।
नेपाल ईन्टूच्यूट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थका क्षेत्रमा केही गर्ने उदेश्यले आफूहरुले केन्द्र वनाउन लागिएको बताउनुभयो ।
“नेपालमा मानसिक स्वास्थ्यलाई त्यति प्राथमिकतामा नदेखिएको अवस्थामा हामीले यो काम अगाडि वढायौ“ , उहाँले भन्नुभयो, “नेपालमा मानसिक स्वास्थ्यको समस्या जटिल छ । यसलाई केन्द्रमा राखेर उपचार गर्ने देखि पूर्नस्थापना गर्ने सम्मको काम हामी गर्ने छौँ ।”
केन्द्रले समुदायमा जनचेतना जगाउने पनि बताउनुभयो ।
मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा मानसिक रोगको उपचारमा केन्द्र स्थापना गर्नु आफैमा उपलब्धि हुने पनि उहाँले जनाउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले मध्य नेपालमै सवै भन्दा बढी विरामीले उपचार गराई रहेका भरतपुर अस्पतालमा छुट्टै मानसिक स्वास्थ्य उपचार केन्द्र आवश्यक रहेको बताउनुभयो ।
“मानसिक स्वास्थ्य समस्यामा परेका विरामीलाई अहिले सम्म विभागवाट सञ्चालन गरिएको थियो अब केन्द्र मार्फत सञ्चालन गरिने छ“ , उहाँले भन्नुभयो ।
भरतपुर अस्पतालमा अहिले ट्रमा सेन्टर र स्पाईनल सेन्टर पनि छुट्टै केन्द्रका रुपमा विकास हुँदै छन् । मानसिक स्वास्थ्य उपचार केन्द्रको भवन निर्मनणकालागि करिव डेड देखि दुई वर्ष लाग्ने बताईएको छ ।








