• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रामपुरमा चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चिनियाँ सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गको उपस्थितिमा परीक्षणका रूपमा धान रोपिएको हो । सँगै नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ ।

    हरेक जातका धानको ३०० ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको छ । धान रोपाइँ सुरू गर्नुअघि आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन गएको बेला भएको सम्झौताअनुसार यो महत्त्वपूर्ण कार्यले मूर्तरूप लिएको बताइन् । आगामी दिनमा भरतपुर महानगर र देशकै लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताइन् । नेपालको चितवन र झापा धान उत्पादनमा अग्रणी जिल्ला भएको भन्दै उनले यहाँ राम्रो उत्पादन हुने वर्णशङ्कर जातलाई देशभर विस्तार गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने बताइन् । कार्यक्रममा राजदूत सोङ्गले यो धान नेपालमा परीक्षण गरेर उत्पादन गर्न लाग्नु चीनका लागि गर्वको विषय भएको बताए ।

    चीनले ७० वर्षको उपलब्धिका रूपमा लिएको यो धानको बीउको उपहार नेपाललाई दिएको उनले बताए । यससँगै उत्पादनको क्षेत्रमा नेपालको सपना साकार हुने विश्वास आफूले लिएको उनको भनाइ थियो । उनले भने, “आउँदा वर्षहरूमा नेपालको धानको उत्पादन बढाउन यो सहयोग हुनेछ ।” चीनले निकै मिहिनेत गरेर प्राप्त गरेको उपलब्धिलाई नेपाललाई हस्तान्तरण गर्न लागेको उनको भनाइ थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले चिनियाँ सरकार, भरतपुर महानगरपालिकालगायत विभिन्न सङ्घसंस्था र विज्ञहरूको सहयोगले यो परियोजना सफल भएको बताइन् । परीक्षण सफल भएमा यसले नेपालको धान उत्पादनमा सहयोग पुग्ने उनको विश्वास थियो ।

    कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुष्करबहादुर पाल, चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टका कन्ट्री डाइरेक्टर जाओ जियाङ, परियोजनाका कार्यक्षेत्र संयोजक राजु बराललगायतले बोलेका थिए। बरालका अनुसार परीक्षणका रूपमा रोपिएका वर्णशङ्कर धानमध्ये राम्रो फल्ने धानलाई नेपालका विभिन्न ठाउँमा रोप्न सकिनेछ । यस क्रममा कृषकलाई तालिमसमेत दिइँदै छ । विश्वविद्यालयले नेपालमा अधिकतम प्रचलनमा रहेका जात र चिनियाँ वर्णशङ्करलाई सँगै उत्पादन गरेर अध्ययन गरी उपयुक्त जात सिफारिससमेत गर्न सक्ने छ ।

    नेपालमा हालसम्म एउटा मात्रै वर्णशङ्कर धानको बीउ उत्पादन भई प्रचलनमा आएको छ । त्यो जात हर्दिनाथ हाइब्रिड एक भएको बरालले जानकारी दिए । कृषकले विदेशबाट आयातित गरेर अन्य जात प्रयोग गर्दछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.