• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बेल्जियम । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमले आयाेजना गरेकाे युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधि साथीहरुको भेलामा प्रमुख अतिथिकाेरुपमा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध साथीहरू सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युराेपमा अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

    युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठूलो संख्यामा नेपालीहरू रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताए। जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए। उनले डेनमार्कमा देखिएको समस्या समाधान भई संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा जाेड दिए।

    नेपालको राजनीति र डायस्पोराको प्रभाव:

    उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए। पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको उनको भनाइ थियो। विदेशमा बस्ने नेपालीहरूको नेपालसँग प्रत्यक्ष सम्बन्ध, परिवार, नातागोता र प्रभाव भएकाले उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरे निर्वाचनमा त्यसको प्रभाव पर्ने सक्ने कुरामा उनकाे जोड थियो। सामाजिक सञ्जालको प्रभाव र विदेशमा बस्ने नेपालीहरूको निर्णयले नेपालमा बस्ने परिवारका सदस्यहरूको मतलाई प्रभावित गर्ने हुँदा पार्टीले विदेशमा बस्ने नेपालीहरूलाई विशेष रूपमा हेर्न जरुरी रहेको डा. महतकाे भनाइ थियाे। डा. महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताएका छन्।

    गैरआवासीय नेपाली नागरिकता: संविधान सभाको दुवै कार्यकालमा आफू मस्यौदा समितिको सदस्य हुँदा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार गैरआवासीय नेपालीहरूलाई दिन धेरै कठिन भएको तर नेपाली कांग्रेसले नै त्यसको नेतृत्व गरेको स्मरण गराए। उनले कानुन बन्न ढिलाइ भएको स्वीकार गर्दै, कानुन बनेपछि राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार सुरक्षित हुने बताए। उनले व्यक्तिगत रुपमा दोहोरो नागरिकताको पक्षमा रहेको र यसबाट नेपाललाई घाटा नहुने विश्वास व्यक्त गरे। यसले नेपालीहरूलाई नेपालसँग जोडिरहने थप आधार दिने उनको तर्क थियो। यद्यपि, यसका लागि देश भित्रका विभिन्न सरोकारवालालाई बुझाउन समय लाग्ने तर ढिलो चाँडो यो कार्यान्वयन हुनेमा उनी विश्वास थियाे। नेपाली कांग्रेसले नागरिक अधिकार, विधिको शासन, र जनताको अनुमति बिना सत्तामा जान नपाउने जस्ता नीतिहरू स्थापित गरेको उनले बताए।

    आर्थिक रुपान्तरण र लगानीको नेतृत्व पनि कांग्रेसले नै गरेको उनले उल्लेख गरे। पार्टीको समस्या नीति सिद्धान्तमा नभई संगठनमा रहेको उनले बताए। व्यक्तिवादी प्रवृत्ति र एक-अर्कालाई फसाउन ऊर्जा खर्च गर्ने प्रवृत्ति प्रमुख समस्या रहेको औंल्याउदै डा. महतले पार्टीको आधिकारिक निर्णयलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिए। डा. महतले नेपाली कांग्रेसले कुनै नेतामाथि आरोप लागेमा संगठित रूपमा प्रतिरक्षा नगर्ने र निर्दोष साबित उसैले गर्नुपर्छ भन्ने मान्यता राख्ने बताएका छन्। कानुनको सिद्धान्तलाई आफूहरूले पक्षपोषण गरेको र कसैमाथि आरोप लागेमा उसैले निर्दोष साबित गर्नुपर्ने उनको भनाइ थियो।

    सामाजिक सञ्जालको प्रयोगले झुटो कुरा स्थापित भइरहेको र नयाँ पुस्तामा नकारात्मकता फैलिरहेको सन्दर्भमा सामाजिक सञ्जालमा सक्रिय नेपाली कांग्रेसका सदस्यहरूलाई सामूहिक रूपमा पार्टीका सकारात्मक कुराहरू राख्न उनले अनुरोध गरे। नेतृत्वमा सबै कुरा केन्द्रित गर्ने कमजोरी स्वीकार गर्दै सम्बन्धित विभागले आफ्नो काम गर्नुपर्नेमा जोड दिदै महतले संगठनको कमजोरी र व्यक्तिवादी प्रवृत्ति हटाउन जरुरी रहेको बताए। उनले जनसम्पर्क समितिका नेतृत्वमा रहेका साथीहरूलाई गर्वका साथ पार्टीका कुराहरू राख्न र डिफेन्सिव नहुन अनुरोध गरेका छन्। साे अवसरमा नेपालमा ठूलो सम्भावना रहेको र विकासका धेरै अवसरहरू रहेको उनले बताएका छन्।

    आईटी क्षेत्र, आधुनिक प्रविधियुक्त कृषि र पर्यटनमा लगानीको सम्भावना रहेको औंल्याए। गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र नेपालसँग जोडिरहन अनुरोध गरे। उनले नयाँ पुस्तालाई नेपालबारे शिक्षित गराउनु पर्नेमा जोड दिए। सरकारमा जानु पार्टीको उद्देश्य हुने तर मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत आउने सम्भावना कम हुने भएकाले गठबन्धन आवश्यक भएको उनकाे तर्क थियाे। २०७४ को निर्वाचनमा एक्लै लड्दाको अनुभवले गठबन्धनको आवश्यकता पुष्टि भएको उनको भनाइ थियो। उनले गठबन्धन गर्ने निर्णय पार्टीमा सबैको सहमतिमा भएको र यसमा कसैलाई दोष दिने कुरा नरहेको स्पष्ट पारे।

    एनआरएनए अन्तर्राष्ट्रिय रुपमा आफूलाई चिनाउने थलो बन्न थालेको र अनावश्यक विभाजन आएको बताउदै सर्वोच्च अदालतको आदेश अनुसार अघि बढ्नुपर्ने र यसलाई पालना गर्नुपर्नेमा जोड दिए। जनसम्पर्क समितिका सदस्यहरू एनआरएनएमा जाँदा सबैको साझा भएर काम गर्नुपर्ने तर प्रतिनिधित्व कांग्रेसको तर्फबाट आएकोले आफ्नो काम गर्ने शैलीमा ओरिएन्टेसनमा फरक पर्ने बताएका छन्। साे अवसरमा डा.महतले नयाँ पुस्तालाई नेपालसँग र पार्टीसँग जोड्न युवा कमिटीहरू बनाएर अभियान चलाउनु पर्नेमा जोड दिए। अधिवेशनहरू समयमै सम्पन्न गरेर नयाँ नेतृत्वलाई अवसर दिनुपर्नेमा पनि उनकाे जोड थियाे। उनले आफूले व्यक्त गरेका कुराहरू व्यक्तिगत वा गुटगत नभई पार्टीलाई मजबुत बनाउने र पार्टीका समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट पारे।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.