• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दुग्ध उत्पादक किसानका दुग्ध विकास बोर्डले एक अर्ब र निजी क्षेत्रले तीन अर्ब भुक्तानी गर्न बाँकी

  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाईसमेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी सङ्घका अध्यक्षहरुको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो “दुग्ध उत्पादक किसान सम्मानित हुन चाहन्छौँ ।

    अपमानित होइन । यसका लागि आन्दोलनमा जाने निर्णय गरेका हौँ ।” अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी रु चार अर्ब बढी भुक्तानी पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । पटक–पटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुग्ध विकास बोर्डको रु एक अर्ब र निजी क्षेत्रबाट रु तीन अर्ब भुक्तानी पाउनुपर्ने छ । सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै सङ्घले आन्दोलनको तयारी गरेको हो । बैठकपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले दुग्ध उत्पादक किसानको रकम तिर्ने र नतिर्ने उद्योगको वर्गीकरण गरेर सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरिने सङ्घका महासचिव राम आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कतिपय उद्योगले भुक्तानी गरिरहेका छन् ।

    त्यस्ता उद्योग र भुक्तानी नगर्ने उद्योगको वर्गीकरण गरेर भुक्तानी पाउनुपर्ने रकमसहित सार्वजनिक गछौंँ ।” पटक–पटकका छलफलबाट निकास नआएको भन्दै उहाँले एक सातासम्म भुक्तानी बाँकी भएका उद्योगलाई भुक्तानी गर्नसमेत आग्रह गर्नुभयो । उहाँले थप्नुभयो “हामी भुक्तानी बाँकी रहेका उद्योगलाई भुक्तानीका लागि पत्राचार गरेर ४ गते सम्मको समय दिन्छाँै । त्यतिबेलासम्म पनि नभए आन्दोलनमा जान्छौँ ।” सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर घरगृहस्थी सञ्चालन गर्ने किसानलाई उद्योगीले अपहेलित गरेकाले आन्दोलनमा जाने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार दुग्ध विकास बोर्ड र निजी उद्योगले सामान बिक्री भएपछि भुक्तानी दिने भनेर बताए पनि लामो समयदेखिको भुक्तानी बाँकी रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “यसपालिको आन्दोलनबाट किसानले न्याय पाउने छन् ।” दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ, भने निजी क्षेत्रको मङ्सिरदेखिको भुक्तानी दिन बाँकी रहेको छ । सङ्घका सचिव थानेश्वर सापकोटाले विभिन्न बाहनामा किसानको दूधको भुक्तानी उद्योगीले नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । यही अवस्था रहे दुग्ध उत्पादक किसान समस्यामापर्ने भन्दै सरोकारवालाले समस्या समाधानमा चासो दिनुपर्ने बताउनुभयो । सरकार र निजी क्षेत्र उदाशिन बन्दा दुग्ध उत्पादक किसान समस्यामा रहेको उहाँको भनाइ छ ।

    देशभर ६४ वटा जिल्लामा दूध उत्पादन हुँदै आएको छ । ३६ वटा जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ती जिल्लाबाट दैनिक ७० लाख लिटर दूध उत्पादन हुँदै आएको छ । एक हजार आठ सय ७२ वटा दुग्ध उत्पादक सहकारीले दैनिक १३ लाख लिटर दूध उत्पादन गर्दै आएको सो अवसरमा जानकारी दिइयो । ती सहकारीमा ६ लाख परिवार आवद्ध रहेको जानकारी दिँदै सङ्घले ३० लाख भन्दा बढी किसान दूध उत्पादनमा जोडिएको सङ्घका महासचिव आचार्यले जानकारी दिनुभयो । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.