• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा जापानी इन्सेफलाइटिसबाट मृत्यु हुनेको संख्या चार पुग्यो

  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार भरतपुर ७० वषिय पुरुषको मृत्यु भएसँगै जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको हो । दुई साताको अवधिमा चितवनमा चार जनाको मृत्यु भएको हो । ‘साउन महिनामा देखि हालसम्म १३ जना बिरामीमा यसको संक्रमण देखिएको थियो। साउन २३ गतेदेखि आजसम्म चार जनाको मृत्यु भइसकेको छ,’ कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले भने। केसीका अनुसार दुई महिला सहित चार जनाको मृत्यु भएको हो । भरतपुर महानगरपालिकाका २ , कालिका नगरपालिका र राप्तीमा एक /एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्ष देखी ८१ वर्षसम्मका छन् ।

    कालिका नगरपालिका–५ का ८९ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–१२ का ८१ वर्षीया महिला र ७० वर्षिया पुरुष र राप्ती नगरपालिका वडा नम्बर १२ की ७० वर्षीया महिलाको जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको हो । चितवनमा अझै ९ जना जापानी इन्सेफलाइटिस संक्रमण पुष्टि भएका बिरामी छन् । तीमध्ये दुई जना बालक र अन्य बिरामी ४० वर्षभन्दा माथिका छन् । भरतपुर महानगरपालिकामा ४, खैरहनीमा ३, कालिका नगरपालिका र राप्ती नगरपालिकामा समान २/२ र माडी र रत्ननगर नगरपालिकामा समान १/१ जनामा संक्रमण देखिएको थियो । संक्रमित ९ जना बिरामीको उपचार काठमाडौंका अस्पताल र चितवन मेडिकल कलेजमा भइरहेको केसीले जानकारी दिए ।

    ‘संक्रमित बिरामी अहिले जोखिममुक्त छन्,’ केसीले भने, ‘उनीहरूको हामीले नजिकबाट नै नियालेका छौं। केही बिरामी निको भएर एक दुई दिनमा डिस्चार्ज समेत हुँदै छन्।’ चितवनमा संक्रमितमध्ये ३३ प्रतिशतको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयले सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ। ‘स्थानीय तह, स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन र हामी संक्रमितको घरघरमा पुगेका छौं। यस रोगका विषयमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘हामीले टोलटोलमा सचेतनामूलक कार्यक्रम समेत गरिरहेका छौं।’ चितवनमा जापानी इन्सेफलाइटिसको परीक्षण गर्ने ल्याब छैन। नमुना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने गरिएको छ। त्यसको रिपोर्ट एक सातापछि प्राप्त हुने गरेको कार्यालय प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।

    चितवनमा पछिल्ला वर्ष यस रोगका बिरामी प्रत्येक वर्षजस्तै देखिने गरेका छन्। अघिल्लो वर्ष एक जनाको मृत्यु समेत भएको थियो। अधिकांश बिरामीमा कुनै लक्षण नदेखिए पनि केही बिरामीमा उच्च ज्वरो आउने, बान्ता हुनेलगायतका लक्षण देखिन्छ। यस्तो लक्षण देखिएमा नमुना संकलन गरेर ल्याबमा पठाउने गरिएको छ। जापानी इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो। यद्यपि संक्रमित सुँगुर तथा हाँसलाई टोकेको क्युलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा मानिसमा संक्रमण फैलने उनले बताए।

    ‘यो भाइरसबाट संक्रमित हाँस, कुखुराजस्ता चरा–चुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ,’ उनले सरल तरिकाले बुझाउँदै भने, ‘ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्छ।’ यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ तर धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिन्छ। यद्यपि यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेषगरी साउनदेखि कार्तिकसम्म देखिने उनले बताए। यो रोग पहिलोपटक सन् १८७१ मा जापानमा देखिएको थियो।

    त्यसपछि एसियाका विभिन्न क्षेत्रबाट फैलिँदै करिब ५० वर्षअघि नेपालको रुपन्देहीमा देखिएको थियो। यो तराईका क्षेत्रमा व्यापक रूपमा फैलिँदै आएको चिकित्सकहरू बताउँछन्। संक्रमित लामखुट्टेले धानखेती हुने ठाउँमा यसले अण्डा पार्ने गर्छ। यो रोगबाट बच्नको लागि १२ महिनामा जे.ई. खोप लगाउनुपर्छ। यदि यो खोप लिन छुटेको छ भने ५ वर्षको उमेरसम्म पनि जे.ई. खोप लगाउन सकिन्छ। लामखुट्टेबाट जोगिन सके यस रोगबाट बच्न सकिने उनी बताउँछन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.