• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘चितवन हैजाको उच्च जोखिममा छ, सतकर्ता अपनाउनुहोस्’

  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा हैजा सम्बन्धी सतकर्ता अपनाउन अनुरोध गरिएको छ । जनस्वास्थ्य कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै चितवन हैजाको उच्च जोखिमा रहेकाले सतकर्ता अपनाउन अनुरोध गरेको हो । पर्सा र चितवन जिल्लाबीच दैनिक आवतजावत तथा उपचारको लागि बिरामीको आवागमन हुने भएकाले जिल्लामा हैजाको संक्रमण फैलिने जोखिम रहेकाले सतकर्ता अपनाउन अनुरोध गरिएको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।

    विरगञ्जमा हैजाले महामारीको रुपमा लिएको छ । अहिलेसम्म यस रोगबाट विरगञ्जमा २ जनाको मृत्यु भइसकेको छ भने सयौँ बिरामी परेका छन् । हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि विरगञ्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय समेत गरेको छ । गर्मी समय, दुषितपानी, फोहोर र मानिसहरुको बढी आवतजावत हुने ठाउँमा हैजाको प्रकोप हुने भएकाले चितवनबासीलाई उच्च सतकर्ता अपनाउन कार्यालयले अनुरोध गरेको हो ।

    हैजा एक संक्रमण रोग हो । जुन प्रायः दुषित पानी, फोहोर वातावरण र अस्वच्छ खानपानका कारण फैलिन्छ । उमालेको वा फिल्टर गरिएको मात्र सुरक्षित पानी पिउन र राम्ररी पकाएर मात्र खाना खाएमा बच्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । साथै कार्यालयले बाँकी खाना राम्रोसँग ढाकेर राख्ने, पुनः तताएर मात्र प्रयोग गर्ने, साबुनपानीले हात राम्ररी धोएरमात्र खाने, खुल्ला ठाउँमा दिसा पिसाव नगर्ने, बाटो छेउमा खुलेआम राखिएका तथा सरसर्ती पकाएका खाद्यपदार्थ सेवन नगर्न अनुरोध गरेको छ । हैजा लागेको व्यक्तिमा अचानक बारम्बार पातलो पखाल लाग्ने, बान्ता हुने, शरीर कमजोर हुने, खुट्टा बाउँडिने कमजोर महसुस हुने जस्ता लक्षण देखिने बताइएको छ ।

    यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । यसैबिच भरतपुर अस्पतालले पनि सतकर्ता अपनाउन अनुरोध गरेको छ । यस रोग छिटो फैलने भएकाले घर, छिमेक टोलमा सरसफाईमा ध्यान दिन तथा पानीको मुहान र स्रोतमा ध्यान दिन अस्पतालले अनुरोध गरेको हो । तारन्तार पातलो दिशा हुने, वान्ता हुने, शरीर कमजोर भएमा स्वास्थ्य संस्थामा जान समेत अनुरोध गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.