• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विपिनको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलले लेखे जोर्डनी राजालाई पत्र

  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईको पहल गरिदिन जोर्डनका राजालाई पत्राचार गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले आइतबार जोर्डनका राजा अब्दल्लाह द्वितीयलाई पत्र लेख्दै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशक्य पहल गरिदिन अनुरोध गर्दै उनले यस प्रयोजनका लागि चाल्नुहुने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन् ।

    यसका अतिरिक्त उक्त पत्रमा राष्ट्रपति पौडेलले नेपाल र जोर्डनबीच कायम रही आएको असल र मित्रवत सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्नुहुँदै दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनको लागि नेपाल सदैव प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गरेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, पत्रमा राष्ट्रपति पौडेलले राजा अब्दल्लाहले खाडी क्षेत्र र विश्वमा मानवीय मूल्य, द्वन्द्व व्यवस्थापन तथा अन्तर-साँस्कृतिक सौहार्दता कायम गर्न खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै नेपाल र जोर्डनबीच व्यापार, लगानी, पर्यटन, श्रम आप्रवासन, साँस्कृतिक आदान-प्रदान तथा जनस्तरको सम्बन्ध विस्तार लगायत आपसी हितका विविध क्षेत्रमा सहकार्य गर्न सकिने प्रचुर सम्भावना रहेको कुरा पनि उल्लेख गरेको मन्त्रालयले बताएको छ ।

    यसअघि इजरायल सरकारको प्रायोजन तथा निमन्त्रणा र नेपाल सरकारको सहयोगमा इजरायल भ्रमण गरी त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री लगायतका उच्च पदाधिकारीहरुसँग भेटघाट गरी विपिन जोशीको शीघ्र रिहाइ तथा स्वदेश फिर्तीको लागि पहल गरिदिन अनुरोध गरी नेपाल फर्किएका निज जोशीका आमा पद्मा कुमारी जोशी र बहिनी पुष्षा जोशीले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटघाट गरेका थिए ।

    जोशीको खोजी तथा सुरक्षित रिहाइका लागि गरिएका सबै प्रयासका बाबजुद हालसम्म निजको अवस्था यकीन हुन नसकेको परराष्ट्रले जानकारी दिएको छ । निजको अवस्था पत्ता लगाई हमासको कब्जाबाट मुक्त गरी स्वदेश फिर्ता ल्याउने कुरामा नेपाल सरकार निरन्तर लागिरहने मन्त्रलयले जनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.