चितवन । भरतपुर–१० चितवन मेडिकल कलेज अगाडि यमाहाको ‘ब्लू फेस्ट’ आइतबारदेखि सुरु भएको छ ।
यमाहा मोटरसाइकलको आधिकारीक विक्रेता कर्माचार्य इन्टरप्राइजेज र नविन अटो सेन्टरको आयोजनामा भएको ‘ब्लू फेस्ट’ भदौ २० गतेसम्म सञ्चालन हुने छ ।
‘ब्लू फेस्ट’मा यमाहाको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलको न्युनतम मूल्य ५० हजार रुपैयाँ कायम गरिएको छ । त्यस्ता यामाहा बाहेकका जुनसुकै कम्पनीका मोटरसाइकलको न्युनतम मूल्य २५ हजार र अतिरिक्त भ्यालु अनुसार १० हजार रुपैयाँ थप दिन सकिने कर्माचार्य इन्टरप्राइजेज र नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्यले जानकारी दिए ।
त्यस्तै, नयाँ मोटरसाइकलको खरिदमा छ हजार रुपैयाँसम्म छुट, ७.९९ प्रतिशतमा फाइनान्स र निःशुल्क हेलमेटको व्यवस्था गरिएको उनले बताए ।
‘ब्लू फेस्ट’ मा दुई वटा नयाँ मोडलका मोटरसाइकल समेत सार्वजनिक गरिएको छ । १५० सिसिको एफजेडएस भि३ एबिएस डिलक्स ब्राण्ड र एमटी १५ भि२ डिएलएक्स ब्राण्डका मोटरसाइकल सार्वजनिक गरिएको हो । दुवै मोटरसाइकलको मूल्य क्रमशः चार लाख १५ हजार ९०० र पाँच लाख ६० हजार ९०० रुपैयाँ रहेको छ ।
‘ब्लु फेस्ट’को उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, यमाहामा मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एमएडब्लुका सिईओ दिपक कुमार अग्रवाल लगायत सहभागी थिए । उनीहरुले संयुक्त रुपमा नयाँ मोडलका मोटरसाइकलहरु सार्वजनिक गरेका हुन् ।








