• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एक लाख रुपैयाँसम्मको आकर्षक पुरस्कार सहित चितवनमा लायन्स ब्याडमिन्टन प्रतियोगिता

  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा सबै क्लबले सहयोग पु¥याउन डिष्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुभएको छ । डिष्ट्रिकले आज क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रतियोगिता सफल बनाउन हरतरहले सहयोग गर्न सबैलाई आव्हान गर्नुभएको हो । असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता हुँदैछ ।

    क्लबका अध्यक्ष, जोन चेयर पर्सन, रिजन चेयर, क्लस्टर चिफ र क्याबिनेटका पदाधिकारीहरु सहित लायन्सकर्मीहरुलाई यो लायन्सको महत्वपूर्ण कार्यक्रम भएको भन्दै सबैको तर्फबाट सहयोग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “यो चितवन राईजले आयोजना गरेको भएपनि हामी सबै लायन्सहरुको कार्यक्रम हो, समूह दर्ता गरेर र सबै प्रकारबाट सहयोग गरौं ।” आफ्नो होम क्लबका दुई समूह तत्कालै उहाँले दर्ता समेत गर्नुभएको थियो ।

    पुरस्कार राशी ठूलो भएकाले धेरै सहभागी हुने अपेक्षा गरिएको छ । सो अवसरमा डिष्ट्रिकका फस्ट भिडिजी प्रभाकर पण्डित, सेकेण्ड भिडिजी दीपेन्द्र खतिवडा, क्याबिनेटका सेक्रेटरी डा. गंगा सापकोटा लगायतले कार्यक्रम सफल बनाउन आग्रह गर्नुभएको थियो । उहाँहरुले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न आव्हान गर्नुभयो ।

    आयोजक क्लबका तर्फबाट चितवन राईजका अध्यक्ष शिरिष पन्तले सहभागीहरुको प्रश्नको जवाफ दिंदै यो प्रतियोगिता जीत हार मात्र नभई लायन्स क्लव बीचको मित्रता, एकता र आपसी भाइचाराको प्रदर्शन पनि भएको बताउनुभयो । उहाँले लायन्सहरु सामाजिकसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय छन् भन्ने कुरा यसले प्रमाणित गर्ने बताउनुभयो ।

    अध्यक्ष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत गर्नुभयो । एउटा जोडी दर्ता गर्न पाँच हजार रुपैयाँ शुल्क लाग्ने बताउँदै उहाँले एउटै क्लबबाट एकभन्दा बढी समूह सहभागी हुन पाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “समूह जति पनि हुन सक्छ, तर प्रत्येक समूहले शुल्क तिर्नु पर्छ ।”

    प्रतियोगितामा सहभागी हुन डिष्ट्रिक ३२५ आरभित्रका क्लब र क्लबको सदस्य अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार दर्ता गर्दा नै क्लबको नाम, क्लब नम्बर प्रतियोगि खेलाडीको नाम र सदस्यता नम्बर समावेश गर्नु पर्दछ । तोकिएको मापदण्डभन्दा बाहिरको खेलाडी पाईएमा प्रतियोगितामा समावेश नगरिने उहाँले बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो “नियम बाहिरको खेलाडी भएमा प्रतियोगितामा सहभागी गराईदैन, तर दर्ता शुल्क पनि फिर्ता हुँदैन ।”

    प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र चौथो हुनेलाई १५ हजार रुपैयाँ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

    प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ । यो टायल नेपालको पहिलो टायल उद्योग हो । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको छ । आयात प्रतिस्थापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.