बीरगञ्ज ।नेपाल प्रहरीले पेस्तोलसहित बीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला बलरा नगरपालिका–१० सुदामा घर भई वीरगञ्ज–११ दुर्गा टोल बस्ने ४९ बर्षीय जितेन्द्रप्रसाद सिंह रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले सिंहको डेरामा स्टील दराजभित्र पेस्तोल, ४ राउण्ड गोली लोड गरि राखिएको १ थान म्यागजिन, र मानिसलाई बेहोस पार्ने एनेस्थेटिक इथर आइपी नामक ५ सय एमएलको बोत्तल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।








