• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एकै दिन ३ मोटरेबल पुल शिलान्यास

  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेबल पुल एकैसाथ शिलान्यास गरिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी ४ र ११ जोड्ने इदिखोलामाथिको पुल, वडा ११ र १० जोड्ने मकैखोला तथा वडा नं ९ र १० जोड्ने बार्दीखोलामाथिको मोटरेवल पुल शिलान्यास गरेका हुन् । मुख्यमन्त्री गुरुङले पुल शिलान्यास गर्दै अब बन्ने पुल मध्यपहाडी क्षेत्रको समृद्धि र विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै निर्माणको गुणस्तरीयता कायम राखी निर्धारित समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्षको जागरुकता आवश्यक हुने बताए । ती पुलमध्ये इदीखोला र वार्दीखोलाका दुई पुल राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पर्छन् । करिब एक हजार ७०० किलोमिटर लम्बाइको लोकमार्गले मुलुकका ६ प्रदेशलाई जोड्छ । पहाडी क्षेत्रको कृषि उत्पादन, पर्यटन प्रवर्द्धन, जलविद्युत् उत्पादनमा समेत ती पुल सहयोगी बन्‍नेछन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा १५० भन्दा बढी मोटरेबल पुल निर्माण भइरहेको जनाइएको छ । “लोकमार्ग सामाजिक, सांस्कृतिक भावना जगाउँदै राष्ट्रिय एवं भौगोगिक एकतालाई समेत कायम गर्ने एउटा आधार बन्छ,” मुख्यमन्त्री गुरुङले भने, “यसको निर्माणमा स्थानीय बासिन्दासहित तीनै तहका सरकार कटिबद्ध भएर लाग्नुको विकल्प छैन ।” भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यक्रमद्वारा एक वर्षभित्र निर्माण सम्पन्‍न गरिने पुलमध्ये वार्दीखोला मोटरेबल पुलको चार करोड ५२ लाख ७२ हजार ४५४ रुपैयाँ, इदीखोला पुलको चार करोड ४२ लाख १७ हजार ६३ रुपैयाँ र मकैखोला मोटरेवल पुलको दुई करोड ३२ लाख ६९ हजार ३५२ रुपैयाँको लागत अनुमान छ । सो अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समृद्धिको आधारका रूपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा स्थानीय बासिन्दाका साथै तीन तहका सरकारको सक्रियता औँल्याउँदै वीर पुर्खाको गौरवशाली योगदानलाई उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रमा पर्ने कोलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिनुपर्ने माग गरे । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विकासको मेरुदण्डका रूपमा रहेको सडक निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले ग्रामीण क्षेत्रमा निर्माण गरिने सडक स्थानीय बासिन्दाको आय-आर्जनसँग जोडिनुपर्ने बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी करिडोर मध्यपहाडी लोकमार्गमा परिणत भएको बताए । प्रदेशसभा सदस्य मनबहादुर गुरुङले मादी गाउँपालिकालाई जोड्ने विभिन्न स्थानमा दुई पुल निर्माण सम्पन्न भएको र सात पुल निर्माणाधीन रहेको जानकारी दिए । मध्यपहाडी लोकमार्ग कास्की, पर्वत र बागलुङ खण्ड आयोजना प्रमुख मेघराज मरासिनीले इदीखोला र वार्दीखोलामा निर्माण गरिने मोटरेबल पुल लोकमार्गको मापदण्डमा रहेको बताउँदै यस क्षेत्रअन्तर्गतको ७५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । सो क्षेत्रअन्तर्गतको रुदी-भैँसे खण्डको १६ किलोमिटर सडकखण्डको ठेक्का अन्तिम चारणमा पुगेको छ । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले मध्यपहाडी लोकमार्ग गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिने हुँदा मोटरेबल पुलले क्षेत्रको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधार मन्त्रालयका दिनेश घिमिरे, मादी–१० का वडाध्यक्ष कुलप्रसाद गुरुङलगायतले पुल निर्माणसँगै यस क्षेत्रको समग्र विकाससँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.