• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव नेपाल

  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपालको संचार क्षेत्रमा ‘राष्ट्रले न देखेको’ तर अथक परिश्रम र दूरदृष्टिले देशको डिजिटल भविष्यमा गढिरहेका एक व्यक्ति हुन्— केशव नेपाल । वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा हाल कार्यरत नेपालको जीवनयात्रा केवल व्यावसायिक सफलताको कथा होइन, बरु सामाजिक अभियान, दृढ संकल्प र राष्ट्रनिर्माणको सेवाको प्रेरणादायी गाथा हो । केशव नेपालको जन्म एक सरकारी जागिरे परिवारमा भयो । बाल्यकालदेखि नै उनमा अनुशासन, जिम्मेवारी र आत्मनिर्भरताको भावना भरिएको थियो । आमा-बाबुको स्थिर रोजगारीको आधारभूत सुरक्षा भएतापनि उनको विश्वास थियो- ‘सफलता भनेको मेहनत र उद्यमशीलताबाट मात्र आउँछ ।’

    उनको शिक्षाको सुरुवात पोखराको प्रतिष्ठित गण्डकी बोर्डिङ स्कुलबाट भयो । त्यतिबेला विद्यालयको व्यवस्थापन विदेशी टिमले गरेको थियो, जसले कडा अनुशासन र गुणस्तरीय शिक्षाको वातावरण निर्माण गरेको थियो । यही वातावरणले केशवमा कडा अध्ययन, जिज्ञासा र लगनशीलताको बीउ रोप्यो । त्यसपछि उनले बुटवल मल्टिपल क्याम्पसबाट उच्च शिक्षा हासिल गरे । आत्मनिर्भर बन्ने इच्छाले उनलाई विद्यार्थी जीवनमै बस किन्न प्रेरित गर्यो । चार वर्षसम्म उनले आफैं रात्रि बस चलाए । यो अनुभवले उनलाई आर्थिक रूपमा मात्र होइन, बरु नेपाली समाजको वास्तविकतासँग जोड्यो । उनले साधारण मानिसहरूको संघर्ष, जीवनशैली र मेहनतलाई प्रत्यक्ष रूपमा महशुस गरे ।

    यसै बिच उनको अर्को चासो—पत्रकारिता—जाग्यो । बुटवलमा रहँदा उनले एक अंग्रेजी पत्रिका सुरु गरे, जसले उनको विचार, लेखन र संचार क्षमतालाई निकै बलियो बनायो । केही समयपछि उनी काठमाडौं आए र मेडिकल ट्रान्सलेशनमा काम गर्न थाले । छोटो समयमै उनले आफ्नो प्रतिभा देखाए र कनेक्सन पाक्षिक मा सम्पादक एभरेष्ट हेराल्डमा रिपोटर युथ टुडे जस्ता पत्रिकामा सम्पादक प्रकाशक भएर काम गरे । तर उनको मन सधैं उद्यमशीलतातर्फ लागिरहन्थ्यो । त्यसैले उनि काठमाडौंबाट फर्केर नया केहि गर्ने सोचमा लागे यसपटक उनको लक्ष्य ठूलो थियो—नेपालमा सस्तो र सहज इन्टरनेट पुर्याउने । यही सोचाइले उनलाई बुटवलमा ‘बायु कम’ नामक इन्टरनेट व्यवसाय सुरु गर्न प्रेरित गर्यो ।

    आफै जीप चलाउँदै उनी नेपालको पूर्ण पहाडी-तराई भूभागमा घुमेर टावर राख्ने सम्भावना खोज्थे । यसरी उनी नेपालमै पहिलो व्यक्ति बने जसले फोन लाइनबिनै वायरलेस इन्टरनेट जडान गर्न सकिने प्रमाणित गरे । प्रविधि अगाडि बढ्दै जाँदा केशव नेपालले एफटीटीएच (फाइबर टु द होम) को अध्यन गरे र यसको विस्तारमा ध्यान दिए, जसले सार्वजनिक इन्टरनेटलाई अझ भरोसायोग्य र सस्तो बनायो । नेपालभर इन्टरनेट सस्तो र सुलभ बनाउन उनले ‘लुम्बिनी नेट’ नामक कम्पनी स्थापना गरे ।

    लुम्बिनी नेटको प्रभावशाली वृद्धिले गर्दा वर्ल्डलिंक र लुम्बिनी नेट एकआपसमा गाभिए र संक्रमणकालमा केशव वर्ल्डलिंक कम्युनिकेसनको सीईओ बने । सीईओ बनेका बेला वर्ल्डलिंकसँग करिब ७५ हजार मात्र प्रयोगकर्ता थिए । तर उनको दृष्टि, योजनाबद्धता र कार्यान्वयन क्षमताले यो संख्यालाई १० लाख भन्दा बढी पुर्यायो । यसरी उनी नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नयाँ उचाइमा पुर्याउने मुख्य शिल्पी बने ।

    दूरदृष्टि: डिजिटल नेपालको सपना

    केशव नेपालको योगदान केवल व्यावसायिक सफलतामा मात्र सीमित छैन । उनी डिजिटल नेपालको सपनालाई साकार पार्ने अग्रणी हस्ताक्षर हुन् । जब सरकारले डिजिटल नेपालको योजना बनाइराखेको थियो, उनी कर्णाली प्रदेशको हुम्ला जस्ता दुर्गम जिल्लाका सिमकोट जस्ता गाउँपालिकामा पुगेर अध्ययन गरिरहेका थिए—कसरी नेपालका अति दुर्गम स्थानमा सूचनाको पहुँच गराउन सकिन्छ भनेर । उनी सुदूरपश्चिमका सबै हिमाली भेगमा महिनौं लगाएर पैदल घुमेका छन्, स्थानिय आवश्यकता र सम्भावनाहरूको अध्ययन गरेका छन्।

    यो उनको राष्ट्रप्रतिको गहिरो लगाव र सेवाको भावनाको प्रमाण हो । आफ्नो नेतृत्व क्षमतालाई अझ बलियो बनाउन उनले विश्वप्रसिद्ध ‘इनसीड’ बाट एक्जुकेटिभ एमबिए (इएमबिए) गरे । यसले उनलाई अन्तर्राष्ट्रिय अनुभव, प्रबन्धकीय कौशल र दीर्घकालीन दृष्टि प्रदान गर्यो । उनी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् र सूचना प्रविधिका विशेषज्ञको रूपमा चिनिन्छन् । उनलाई नोकिया गेट टु फास्ट फास्टर २०१९ सम्मेलनमा ‘बिजिनेस एज अनयुजल’ पुरस्कारले सम्मानित गरिएको छ ।

    केशव नेपाल व्यक्तिगत जीवनमा साधारण, विनम्र र अन्तर्मुखी छन् । तर कार्यक्षेत्रमा उनी एक उत्कृष्ट योजनाकार, कुशल कार्यान्वयनकर्ता र जनमुखी नेतृत्वकर्ता हुन्। उनको जीवनले देखाउँछ कि कसरी दृढ संकल्प, अथक परिश्रम र राष्ट्रप्रतिको सेवाको भावनाले एउटा व्यक्तिले सम्पूर्ण राष्ट्रको डिजिटल भविष्यलाई नै परिवर्तन गर्न सक्छ । नेपालको डिजिटल क्रान्तिको यो यात्रा अझै लामो छ, तर केशव नेपाल जस्ता दूरदृष्टा समाजसेवीहरूको नेतृत्वमा नेपालको डिजिटल सपना अवश्यै साकार हुने विश्वास गर्न सकिन्छ । आजको नयाँ नेपाल र नयाँ पुस्ताका राष्ट्रले न देखेको ‘एक सम्भावित नेता’ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.