काठमाडौँ । नेपाली महिला क्रिकेट टिम मलेसियासँग ३ रनले पराजित भएको छ । विहिबार मलेसियामा सम्पन्न ५ खेलको सिरिजको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले पराजित गरेको हो । मलेसियाले दिएको १०५ रन लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १०१ रन बनाएको थियो ।
यसअघि महिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १०४ रन बनाएको थियो । यो जितसँगै ५ खेलको सिरिजमा मलेसिया १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल शनिबार हुने तालिका रहेको छ ।








