• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२९औं विश्व अण्डा दिवस मनाइँदै, अस्पतालका बिरामी र कुरुवालाई अण्डा वितरण

  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालमा आज विविध कार्यक्रमका साथ २९औं विश्व अण्डा दिवस मनाइँदैछ । विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै सन् १९९६ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार ‘विश्व अण्डा दिवस’ मनाउने परम्परा रही आएको छ । यस वर्ष नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियशनको संयुक्त आयोजनामा तथा अमेरिकन सोयाविन एशोसियशनको सहयोगमा ‘पोषणको शक्तिशाली श्रोत अण्डा’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरू भइरहेको छन्।

    आज बिहान चितवनको बकुलहर रत्ननगर अस्पतालमा विशेष अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिरामी तथा कुरुवाहरूलाई निःशुल्क अण्डा वितरण गरिएको छ । कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले अण्डा दिवसको महत्व र सान्दर्भिकता बारे प्रकाश पार्दै अण्डा स्वास्थ्यका दृष्टिले सस्तो, पौष्टिक र सबै उमेरका व्यक्तिका लागि उपयुक्त प्रोटिन स्रोत भएको बताउनुभयो। उहाँले अण्डा सेवनको नियमित अभ्यासले जनस्वास्थ्य सुदृढ बनाउन ठूलो योगदान पुर्‍याउने उल्लेख गरे । कार्यक्रम सञ्चालन नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले गरेका थिए ।

    सो अवसरमा मञ्चका कोषाध्यक्ष हरीकृष्ण खनाल, बकुलहर रत्ननगर अस्पतालका सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष गोपालराज कर्माचार्य, अस्पतालका प्रयोगशाला प्रमुख सुरज अधिकारी, पोल्ट्री व्यवसायी दिपक गिरी लगायतका व्यक्तिहरूको उपस्थिति र सहभागिता रहेको थियो। नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियशनले यस दिवसको अवसरमा देशभर करिब ५० हजार गोटा अण्डा, जसको बजार मूल्य करिब १० लाख रुपैयाँ बराबर, निःशुल्क वितरण गर्ने कार्यक्रम सञ्चालन गर्दैछन्। वितरणका लक्षित समूहमा सामुदायिक विद्यालयका विद्यार्थी, बिरामी तथा कुरुवाहरू, वृद्ध–अशक्त व्यक्ति र विपन्न समुदायका सदस्यहरू रहेका छन्।

    यसै क्रममा, असोज २४ गते शुक्रबार भरतपुरमा हुने औपचारिक समापन कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाको प्रमुख आतिथ्यतामा विभिन्न विज्ञ चिकित्सकहरूले अण्डाको पोषणीय महत्व, प्रोटिनको भूमिका, र पोल्ट्री क्षेत्रका चुनौती तथा अवसरका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । नेपालमा पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ३५ प्रतिशत योगदान पुर्‍याउँदै करिब ५ लाख जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । हाल नेपालमा दैनिक ४५ देखि ४६ लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ । नेपाल भेटेरीनरी एशोसियशन र नेपाल लेयर्स कुखुरापालक संघले संयुक्त वक्तव्य जारी गर्दै अण्डा दिवसले पोषण, आत्मनिर्भरता र स्वास्थ्य सुदृढीकरणका सन्देशहरू फैलाउने उद्देश्य राखेको बताएका छन् ।

    अण्डा स्वास्थ्यका लागि पूर्ण पाचनशिल, सन्तुलित र उच्च गुणस्तरको प्रोटिनको स्रोत हो। यसले आँखाको शक्ति बढाउने, हड्डी र दाँत मजबुत बनाउने, हृदयघात रोकथाम गर्न मद्दत गर्ने, स्मरणशक्ति वृद्धि गर्ने र मोटोपन घटाउने जस्ता फाइदा प्रदान गर्छ। यस अवसरमा आयोजक संस्थाहरूले सन्देश जारी गर्दै भनेका छन्- ‘अण्डा—पोषणको शक्तिशाली स्रोत। कुनै मिसावट बिना, सस्तो र स्वास्थ्यका लागि उत्तम। नियमित रूपमा अण्डा सेवन गरौं, आफ्ना र परिवारका स्वास्थ्यप्रति सचेत बनौं ।’

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.