काठमाडौं । चीनका रक्षामन्त्री जनरल वेइ फे फेङ्गे भोलि (आइतबार) नेपाल आउँदै छन्। परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार पहिलो वरियताका स्टेट काउन्सिलरसमेत रहेका उनी नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आउने भएका हुन्। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्षगाँठ मनाउने सिलसिलामा उनले नेपालको भ्रमण गर्न लागेका हुन्।








