• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हमासले सबै बन्धक रिहा गर्दै, विपिन जोशी सकुशल फर्किने आशा

  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । हमासले दुई बर्षदेखि बन्धक बनाएका सबैलाई आज रिहा गर्दैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको पहिलो चरणमा सहमति जनाउदै हमासले सबै बन्धक आज रिहा गर्न लागेको हो । हमासले आजै केहीबेरपछि बन्धक रिहा गर्ने प्रक्रिया शुरु गर्ने बताएको छ । हाल २० जीवित रहेका भनिएका बन्धक आज रिहा हुने छन् भने उनीहरूको रिहाइपछि हमासले बाँकी २८ मृत बन्धकको शव हस्तान्तरण गर्ने बताएको छ । त्यस्तै हमासको बन्धकमा रहेका नेपालका विपिन जोशीको समेत रिहाईको आशा गरिएको छ ।

    तर विपिनको अवस्था बारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । केहि रिपोर्टहरुले विपिनको नाम हमासको जीवित बन्धकको सुचिमा रहेको बताएकाले उनी सकुशल रिहा हुने आशा गरिएको छ । युद्धविराम सम्झौता अन्तर्गत सबै ४८ बन्धकहरूलाई रिहा गर्न हमासलाई दिइएको समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे (दिउँसो ३:४५ नेपाली समय) सम्म रहेको छ । इजरायलले २० बन्धकको सट्टा करिब दुई हजार प्यालेस्टिनी बन्दी रिहा गर्नेछ ।

    ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि जवाफी कारबाही गरेको इजरायलले गाजामा ६७ हजारभन्दा धेरैको ज्यान गएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसरी हुदैछ बन्धकको हस्तान्तरण: 

    इजरायली अधिकारीले बन्धकहरूको स्थानान्तरण यस वर्षको सुरुमा गरिएको अपरेशन जस्तै प्रक्रिया अपनाइने बताएका छन् ।

    – रेडक्रसको अन्तर्राष्ट्रिय समितिद्वारा बन्धकहरूलाई विशेष इजरायल रक्षा बल टोलीमा स्थानान्तरण गरिने ।

    – त्यो टोलीले त्यसपछि उनीहरूलाई दक्षिणी इजरायलको रेइम सैन्य अड्डामा ल्याउनेछ ।

    – परिवारका सदस्यहरू स्वागत बिन्दुहरूमा बन्धकहरूको प्रतीक्षामा हुनेछन् ।

    – तिनीहरू त्यसपछि हेलिकप्टरबाट अस्पतालहरूमा उनीहरूसँग यात्रा गर्नेछन् जहाँ उनीहरूले थप उपचार पाउनेछन् ।

    त्यस्तै आकस्मिक चिकित्सा आवश्यकताको अवस्थामा, रिसेप्शन कम्पाउन्डमा नरोकी रिहा भएका बन्धकहरुलाई सिधै अस्पतालमा लगिनेछ ।

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.