देवघाट तनहुँ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको सिद्धार्थ बैक देवघाट शाखाले देवघाट गाउँपालिकाको राहत कोषमा ३० हजार रुपैयाँ सहयोग गरेको छ। सिद्धार्थ बैक देवघाट शाखाका प्रमुख त्रिबिक्रम लामिछानेले देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई ३० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो।
सो चेक हस्तान्तरण कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ र देवघाट गाउँपालिकाका लेखा अधिकृत उमानाथ ढकाल लगाएतको उपस्थिति रहेको थियो। सिद्धार्थ बैक देवघाट साखाका साखा प्रमुख त्रिबिक्रम लामिछानेले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रणका तथा कोरोना भाईरस बाट लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्याला दारी मजदुरको लागी देवघाट गाउँपालिकाले स्थापन गरेको राहत कोषमा सिद्धार्थ बैक देवघाट साखाले सो रकम सहयोग गरेको बताउनु भएको थियो।
देवघाट गाउँपालिका कार्यालयले कोरोना भाईरस रोकथाम, नियन्त्रणका तथा लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्याला दारी मजदुरको लागी सिद्धार्थ बैंक देवघाट शाखामा राहत कोष खडा गरि खाता खोलिएको छ। तेस्तै गरि प्रणनाथ सेवा आश्रम बाट पनि २५ हजार रुपैयाँ देवघाट गाउँपालिकाको राहत कोषमा जम्मा भएको देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी जानकारी दिनुभएको थियो।
आर्थिक बिपन्न वर्ग तथा ज्याला दारी मजदुरहरुको लागि राहत कोषमा रकमहरु जम्मा गरि सहयोग गरेकोमा सिद्धार्थ बैक देवघाट साखा र प्रणनाथ सेवा आश्रमलाई देवघाट गाउँपालिकाका अधिकृत रमेश सुवेदीले धन्यवाद दिनुभएको थियो। यसरी नै देवघाट गाउँपालिका कार्यालयले कोरोना भाईरस रोकथाम,नियन्त्रणका तथा आर्थिक बिपन्न वर्ग तथा ज्याला दारी मजदुरहरुको लागि सिद्धार्थ बैक देवघाट साखामा स्थापन गरिएको राहत कोष खाता नम्बर ग७.२.००८१५३८६२०७ मा इच्छुक सहयोगी महानुभावहरुले सहयोग गर्न सक्ने समेत उहाँले बताउनु भएको थियो।








