दिपायल । भरखरै सरुवा भएर सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलको जिम्मेवारी पाएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले पत्रकार र प्रहरीको एक अर्काका परिपूरक भएकोले समन्वय आवश्यक रहेको बताएका छन्। प्रदेश तालिम केन्द्र दिपायलको जिम्मेवारी पाएपछि शनिबार गरिएको पत्रकार भेटघाटका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले यसो बताएका हुन। प्रेस र पत्रकार राज्यको चौथो अंग रहेको र राष्ट्रको पहरेदार भएको बताउदै प्रहरी प्रशासनको हरेक काम कारवाहीलाई जनतासामु पुर्याउन पत्रकार सधै कटिबद्ध रहेको उल्लेख गरे । ‘पत्रकार र प्रहरीबीचको सम्बन्ध एक सिक्काका दुईपाटा जस्तो हुनुपर्छ एक पाटो बिना अर्को पाटो सम्भव हुदैन त्यसैले एक आपसमा दोहोरो सहयोग र समन्वय हुन आवश्यक छ’- एसएसपी सिंहले भने । उनले आफुले प्रदेश तालिम केन्द्रको जिम्मेवारी पाएपछि अब कार्यालयले गरेको कार्यहरुको बारेमा पत्रकारहरुलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। एसएसपी सिंह केही दिन अघि मात्र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सरुवा भई सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल पुगेका हुन। एसएसपी सिंह मिडिया मैत्रि प्रहरी अधिकारीको रुपमा चिनिन्छन।उनले मकवानपुर प्रहरी प्रमुख रहदा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका थिए।








