• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पताल

  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्वत । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालको व्यवस्थापन सुदृढीकरण मूल्याङ्कनअन्तर्गत ‘न्यूनतम सेवा मापदण्ड’ मूल्याङ्कनले अस्पतालले पछिल्लो एक वर्षमा व्यापक सुधार गरेको पुष्टि भएको छ । ‘न्यूनतम सेवा मापदण्ड’ मूल्याङ्कनमा गत वर्ष ४७ प्रतिशत नतिजा आएकामा यस वर्ष ७८ प्रतिशत नतिजा आएको हो । सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवा गरी तीन वटा मूल विषयभित्र रहेर कूल ७६१ ओटा सूचकमा गरिएको मूल्याङ्कनमा अस्पतालले ती नतिजा पाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले बताउनुभयो । स्वास्थ्य निर्देशनालयले पर्वत अस्पतालमा भइरहेका शल्यक्रिया सेवा, डिजिटल एक्स–रे सेवा, ल्याब सेवा, मिर्गौलाको डाइलोसिस सेवा, शव चिस्यान केन्द्र, अक्सिजन प्लान्ट, सघन उपचार केन्द्र र भेन्टिलेटर सञ्चालन, गरीबका लागि विपद् कोष स्थापना, विशेषज्ञ सेवा, अत्याधुनिक अस्पताल भवन निर्माण, आयव्यय हिसाब सफ्टवेयर प्रणालीमा लैजानु, विदेशमा रहेका नेपालीसँगको सहकार्यमा आधुनिक उपकरण ल्याउनु, गत वर्ष स्वीकृत भएका सबै बजेट शीर्षकमा काम पूरा गरेर बजेट ‘फ्रिज’ हुन नदिनुलगायतलाई उल्लेख्य उपलब्धिको रूपमा लिएको हो ।अघिल्लो अवधिमा प्राप्त भएको नम्बरमा एकै अवधिमा ३१ नम्बर बढी ल्याउने पर्वत अस्पताल गण्डकी प्रदेशकै पहिलो भएको उहाँको भनाइ थियो । ‘‘एक वर्षको अवधिमा यति ठूलो प्रतिशत अन्तरको नम्बर ल्याउन अस्पताल सफल भएको छ,’’ उहाँले भन्नुभयो, “अस्पतालमा शुरु भएका भौतिक निर्माणका काम र यहाँबाट प्रदान भइरहेका सेवा दुवै पक्षमा राम्रो सुधार भएको छ ।’’ पछिल्लो समय अस्पतालमा थप हुँदै गएका सेवा सुविधालाई निर्वाध रूपमा सञ्चालन गर्न सक्नुपर्ने उहाँको सुझाव छ । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले व्यवस्थापन समितिको क्रियाशीलता, स्रोतसाधन जुटाउन गरेको मिहेनत, विभिन्न सङघसंस्थाको सहयोग तथा अस्पतालका कर्मचारीको अथक प्रयासले मात्रै अस्पतालको सेवा सुविधामा सुधार भएको र उल्लेख्य नतिजा हासिल गरेको बताउनुभयो । ‘‘यो सफलता पाउनको लागि सरकारदेखि मातहतका निकाय, अस्पताल विकास समिति, सहयोग तथा चन्दादाता, कार्यरत कर्मचारीलगायत सबैको अमूल्य पसिना परेको छ,’ उहाँले भन्नुभयो ।”

    जिससद्वारा सात रकम विनियोजन

    जिल्ला समन्वय समितिको शुक्रबारको चौथो जिल्लासभाले जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रु पाँच करोड ६१ लाख ६८ हजार ५०० मध्ये जिल्लाका सात स्थानीय तहलाई रु ४० लाखका दरले विनियोजन गरेको छ । मौज्दात रकममध्ये रु दुई करोड ६१ लाख ६८ हजार ५०० जिल्ला समन्वय समितिको नयाँ भवन निर्माणका लागि खर्च गरिने र बाँकी रहेको रकम सातवटै पालिकालाई रु ४० लाखका दरले विनियोजन गर्ने निर्णय सभाले गरेको जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिनुभयो । सो रकम साविक जिल्ला विकास समितिबाट जिम्मेवारी सरेर आएको हो । विनियोजित बजेटबाट सातवटै स्थानीय तह र समन्वय समितिको साझेदारीमा विभिन्न योजना बनाउनुपर्ने निर्णय गरिएको छ । समितिको भवन निर्माण प्रक्रियासमेत यसै आर्थिक वर्षदेखि शुरु गरिने ढकालले जानकारी दिनुभयो । सभाले जिल्लामा ढुङ्गा, गिटी बालुवा उत्खनन बिक्री र व्यवस्थापनसम्बन्धी कार्य गर्दा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएका शर्त, ठेक्का प्रक्रिया, अनुगमन समितिले दिएका निर्देशनसमेत स्थानीय तहले पालना गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी ढकालले जानकारी दिनुभयो । विभिन्न १२ बुँदे निर्णय गर्दै सम्पन्न भएको सभाले चालू आर्थिक वर्षका लागि सङ्घ र प्रदेश सरकार र अन्य स्रोतबाट प्राप्त हुने बजेट तथा कार्यक्रम प्राथमिकीकरण र वर्गीकरण गरी कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा न्यूनीकरणका लागि सङ्घ र प्रदेशबाट जारी भएका आदेशको कार्यान्वयनमा सहयोग पु¥याउने, अस्पतालको स्तरवृद्धि, क्षमता वृद्धिका लागि सहजीकरण गर्ने, स्थानीय तहबाट भइरहेका विकास निर्माणका आयोजना तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गराउनका लागि समन्वय गर्ने, स्थानीय पूर्वाधार विकास कार्यक्रम प्रदेश सरकारको पनि सङ्घीय सरकारकै कार्यविधि अनुसार परिमार्जन गर्ने प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत सभाले गरेको छ । त्यसैगरी जिल्लामा विद्युत् र खानेपानी नपुगेको ठाउँमा सर्वसुलभ रुपमा ती सेवा पु¥याउन स्थानीय तहमा आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने निर्णय सभाले गरेको हो । जिल्ला सभाको प्रतिनिधिसभाका सांसद पदम गिरीले उद्घाटन गर्दै जिल्लाको समग्र विकासका लागि तीन तहका जनप्रतिनिधि एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो ।

    आधुनिक बसपार्क र सिटी हल बन्दै

    सदरमुकाम कुश्मामा आधुनिक बसपार्क निर्माणसहित सिटी हल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । सङ्घीय सरकारको शहरी विकास मन्त्रालयले कुश्मामा बसपार्कसहित सिटी हल निर्माणका लागि बजेट विनियोजन गरेपछि निर्माणका लागि आवश्यक प्रक्रिया थालिएको हो । नगरपालिकाले सो कार्यका लागि डिपिआर तयार पारिसकेको छ । तत्कालका लागि प्रारम्भिक काम गर्न मन्त्रालयले रु एक करोड बजेट पठाइसकेको कुश्मा नगरपालिकाले जनाएको छ । डिपिआर निर्माणपछि बहुवर्षे ठेक्काको प्रक्रिया शुरु हुने नगरपालिकाले जनाएको छ । अहिले रु एक करोड रकमबाट जग्गा सम्माउने, पर्खाल निर्माण गर्ने, प्रारम्भिक चरणमा आवश्यक पर्ने निर्माण सामग्री खरिद गर्नेलगायतका काम हुने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । सरकारले बजेट पुस्तिकामा कुश्मामा बसपार्क निर्माण गरिने उल्लेख गरेको छ । कुश्मा नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा बसपार्कसहित सिटी हल निर्माणलाई प्राथमिकतामा राखेको छ । कुश्मा बजार विस्तार हुँदै गइरहेको, भित्री बाहिरी चक्रपथ निर्माण भइरहेको, पर्यटकीयस्थल थपिँदै गएकाले कुश्मा आधुनिक शहरको रुपमा विकास हुन थालेको जोशीले बताउनुभयो । शहरी विकास कार्यालय बागलुङलाई कुश्मा नगरपालिकाले प्रारम्भिक चरणमा गर्नुपर्ने कामको सूची तयार पारेर दिने तयारी गरेको छ । बसपार्क तीन तल्लाको निर्माण हुने गरी डिपिआर तयार भएको छ । भूइँतलामा ठूला बस, पहिलो तलामा सभाहल, दोस्रो तलामा साना सवारी पार्किङ गरिने र तेस्रो तलामा १५० जनाभन्दा बढी मानिस अट्ने हल निर्माण गरिने भएको छ । सबै काम सम्पन्न गर्न करिब एक रु अर्ब बजेट लाग्ने गरी डिपिआर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.