नवलपुर । नवलपुरको देवचुली ९ बाट जुवाखेलिरहेका ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको साथबाट ३१ हजार ५ सय ४० नगद बरामत गरिएको जिल्ला प्रहरी कार्यलय पूर्वी नवलपरासीले जनाएको छ । देवचुली ९ एसमोड सुवेदी चोक बस्ने रामराज सुबेदीको घरमा तासखेलिरहेको अवस्थामा पाँच जुवाडेलाई जिल्ला प्रहरी कार्यलय नवलपुरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवचुली ७ बस्ने नन्दबहादुर गुरुङ , कृष्ण प्रसाद अर्याल, देवचुली ९ का रामराज सुबेदी, कमलप्रसाद बाचे मगर र देवचुली ८ का खडगजित अस्लामी मगर रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिनु भएको छ । पक्राउ परेकाहरुलाई कानुनी कार्वाही मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।








