• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महानगरको राजश्व संकलनको लक्ष्य हासिल गर्ने बारे छलफल

  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ । सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत बर्ष संकलित रकमको तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो । चालु आर्थिक वर्षको अहिलेसम्म प्राप्त राजस्वका विषयमा जानकारी दिँदै समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख दीपक अधिकारीले अहिलेसम्म कुल राजस्वमा २२ प्रतिशत र आन्तरिक राजस्वमा २० प्रतिशत लक्ष्य हासिल भएको जानकारी दिए ।

    उनका अनुसार यस वर्षका लागि लक्ष्य राखिएको १५ अरब ११ करोड ४३ लाख रुपियाँमा मंसिर ७ गतेसम्ममा ३ अरब ३७ करोड २३ लाख रुपियाँ संकलन भइसकेको छ । गएको यही यसै दिनसम्ममा ३ अरब २६ करोड २२ लाख ६० हजार रुपियाँ राजस्व संकलन भएको थियो । यसरी गएको वर्षको तुलनामा यस वर्ष मंसिर ७ गतेसम्ममा ११ करोड १ लाख २६ हजार रुपियाँ वढी राजस्व संकलन भएको छ । आन्तरिक आयतर्फ १० अरब १२ करोड ६४ लाख रुपियाँ लक्ष्य राखिएकोमा अहिलेसम्ममा २ अरब ९ करोड ८३ लाख रुपियाँ राजस्व संकलन भएको छ । यसबाहेक यस वर्ष अनुदानबाट २ अरब ४७ करोड ६९ लाख १६ हजार रुपियाँ आय हुने लक्ष्य राखिएको छ ।

    बैठकमा राजस्व संकलनका विद्यमान चुनौती, चुनौतीको सामना गर्न अपनाइएका विधि र यस पछि गर्नु पर्ने कामका विषयमा छलफल भएको थियो । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको क्षतिले व्यवसाय तथा व्यवसायिक प्रतिष्ठानमा परेको असर, असर न्यूनीकरणका लागि भएका प्रयत्न छलफलमा उठेको थियो । यस क्रममा विभागले गरेका कामका विषयमा जानकारी दिँदै अधिकारीले, महालेखा परीक्षकले विभिन्न आर्थिक वर्षमा औल्याएका वेरुजुमध्ये राजस्व विभागले व्यक्ति र संस्था गरी ८ वटाबाट ३३ लाख २ हजार रुपियाँ वेरुजु असुल गरेको जानकारी दिए । उनका अनुसार घरबहाल सरोकार केन्द्र, होटल एशोसिएसन नेपाल, नेपाल नाइ संघलगायत २१ वटा वस्तुगत संघलाई व्यवसाय कर असुलीका लागि पत्राचार गरेको छ ।

    लामो समयदेखि बिज्ञापन कर नतिरेका डिजिटल बोर्डहरुका विषयमा अनुगमन प्रतिवेदनले विज्ञापन राख्न उपयुक्त हुने राय दिएका बोर्डबाट विज्ञापन कर असुल गरेको छ । विभागले १८ वटा गुनासाको समाधान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा १० अरब ७६ करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ संकलन भयो । आ. व. २०७८/०७९ का लागि लक्ष्य ९ अरब ८ करोड रुपियाँ थियो । यसमा १० अरब ६० करोड रुपियाँ संकलन गर्‍यो ।

    आर्थिक वर्ष २०७९/०८० मा १० अरब ४१ करोड रुपियाँ लक्ष्य राखेकोमा १० अरब २५ करोड रुपियाँ संकलन भएको थियो । आर्थिक बर्ष २०८०/०८१ मा १० अरब ८० करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ राजस्व संकलन भयो । आर्थिक वर्ष २०८१/०८२ मा १२ अरब ९० करोड लक्ष्य राखिएकोमा १० अरब ७४ करोड रुपियाँ राजस्व संकलन भएको थियो । काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क (पर्यटक प्रवेश शुल्क), विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर र मालपोत कर संकलन गर्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.