काठमाडौँ । गायक राजेश पायल राई र गायिका मेलिना राई को स्वरमा ‘फूल फुलेको बन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सरोज वलीको शव्द रचना रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । कार्टून ‘क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै नायक पल शाह र मोडल प्रियना आचार्य ‘मुन्नी’को नृत्य रहेको म्युजिक भिडियोलाई सरोज वलीले नै निर्देशन गरेका छन् । विक्रम श्वाँरको कोरियोग्राफीमा तयार भएको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।








