• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वीरगन्जमा सामाजिक सद्‍भाव कायम गर्न ५ बुँदे सहमति, कर्फ्यु हटाइयो

  •   मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वीरगन्ज । केहि दिनदेखि दुई फरक समुदाय बीचको तनावका कारण अशान्त बनेको वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायमका लागि ५ बुँदे सहमति भएको छ।

    मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा निकायका प्रमुखहरूको रोहबरमा बसेको हिन्दू र मुस्लिम समुदायका अगुवाहरू सम्मिलित सर्वपक्षीय बैठकमा सामाजिक सद्भाव कायम गर्ने लगायतका ५ बुँदे सहमति गरिएपछि साँझ ६ बजेसम्मका लागि लगाइएको कर्फ्यु हटाइएको छ ।

    सहमति पत्रमा हिन्दू र मुस्लिम धर्मका अगुवा, जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरूले पनि हस्ताक्षर गरेका छन् भने सहमति भएसँगै वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यु आज दिउसो साढे ३ बजेदेखि हटाइएको छ । योसँगै आइतबारदेखि अशान्त बनेको वीरगन्जमा कर्फ्यु हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

    सहमतिका बुँदा :

    १- अन्य मुलुक वा स्थानमा घटेका घटना / दुर्घटनालाई लिएर वीरगन्जमा प्रदर्शन आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरियो । यसको सट्टा पिडीत पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गर्न जोड दिने, तत् पश्चात मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने ।

    २- भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न तथा आवश्यक कानूनी कारवाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियासिल राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरु रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गरियो ।

    क. धार्मिक समुदायबाट

    १. हिन्दु तर्फबाट : रञ्जित साह र रञ्जन सिंह

    २. मुस्लिम तर्फबाट : महमद महबुब अलि (शेरु) र अलि असगर मदनी ३. अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व रहने ख. जिल्लास्थित राजनीतिक दलहरुको तर्फबाट एक/एक जना प्रतिनिधि ग. नेपाल पत्रकार महासंघका अध्यक्ष

    घ. नागरिक समाजको प्रतिनिधि

    ३- सबै प्रकारका मिडीयाकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक साँस्कृतिक / सामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने ।

    ४- धार्मिक, साँस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह / आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने । साथै सबै पक्षले आ-आफ्नो समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आ-आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिवद्धता व्यक्त गर्ने ।

    ५- यस बैठकमा उपस्थित सबै सस्था पक्ष/ अभियन्ता / महानुभावहरुले आजको यस निर्णयलाई आ-आफ्नो संस्थाको वेभसाइट, फेसबुक पेजमा राख्ने र सबैले यस निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने । साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ-आफ्नो स्थानवाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरु नगर्ने ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.