फाइल फोटो
बैतडी ।नेपाल प्रहरीले १० किलो चरेससहित बैतडीमा एक जना पक्राउ गरेको छ । पक्राउ गरिएकामा बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धानुक रहेका छन् । धानुकलाई सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनलाई पुर्चौडी नगरपालिका-६ को मोडलीधारबाट पक्राउ गरिएको जनाइएको छ ।








