• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चर्चित निर्वाचन क्षेत्र: चितवन- ३ को चुनावी गणित, रेणु र सोबिताको भिडन्त

  •   आइतबार, माघ ११, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक चितवनको ३ नम्बर क्षेत्र पनि रहेको छ । रेणु दाहाल र सोबिता गौतमको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

    चितवनको ३ न्मब्र क्षेत्रमा माडी नगरपालिकाका नौं वटा वडा र भरतपुर महानगरपालिकाका ६, ८ र ९ तथा १३ देखि २८ नम्बर वडाहरू समावेश गरिएको छ ।

    चितवन-३ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ५५ हजार ३०९ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १७४ मतदान केन्द्र तोकिएको छ ।

    पछिल्लो निर्वाचन

    यसअघि २०७९ को निर्वाचनमा चितवन-३ मा राप्रपाका नेता विक्रम पाण्डे विजयी भएका थिए । पाण्डेले ३५ हजार ६० मत प्राप्त गर्दै विजयी भएका थिए । उनलाई एमालेले समर्थन गरेको थियो । त्यस्तै दोस्रो स्थानमा रहेका तत्कालिन माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२४ मत प्राप्त गरेका थिए । उनलाई काँग्रेसले समर्थन गरेको थियो । त्यस्तै काँग्रेसका दिनेश कोइराला पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवार बन्दै १२ हजार २७५ मत प्राप्त गरेका थिए । त्यसैगरी रास्वपाकी जीता बरालले १४ हजार ८४३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन् ।

    त्यस्तै समानुपातिकतर्फ भने यस क्षेत्रमा सबै भन्दा बढी मत रास्वपाले हासिल गरेको थियो । रास्वपाले यस क्षेत्रबाट समानुपातिकमा २८ हजार ४०१ मत प्राप्त गरेको थियो । त्यस्तै राप्रपाले १६ हजार ७५५ मत प्राप्त गरेको थियो । त्यसैगरी तत्कालिन माओवादी केन्द्रले १६ हजार ९० मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार ५२२ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली कांग्रेसले १० हजार ५२४ मत प्राप्त गरेको थियो ।

    उम्मेदवार

    यस क्षेत्रमा भरतपुर महानगरकी प्रमुख रहेकी रेणु दाहालले राजीनामा दिएर नेकपाबाट उम्मेदवार बनेकी छन् । दुई कार्यक्रम महानगरको प्रमुख भएर काम गरेको आधारमा उनले संसदीय निर्वाचनमा मैदानमा उत्रिएकी छन् । त्यस्तै रास्वपाकी चर्चित नेतृ सोबिता गौतमको उम्मेदवारीले पनि यस क्षेत्रलाई चर्चामा ल्याएको छ । यस क्षेत्रमा रेणु र सोबिताको चर्चा भईरहदा काँग्रेसले टेक प्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले शंकरराज थपलियालाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा सबै गरेर २३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

    निष्कर्ष

    अघिल्लो चुनाव भन्दा यस पटक चितवन-३ को चुनावी अंक गणित धेरै बदलिएको छ । नेपाली काँग्रेसका मतदाताले धेरै बर्षपछि आफ्नो चुनाव चिन्ह रुखमा मतदान गर्ने अवसर पाएका छन् । देशभर रास्वपाको लहर देखिदा त्यसको फाइदा यस क्षेत्रमा पनि हुने देखिन्छ । नेकपाबाट रेणु दाहालले आफ्नो महानगरमा गरेको कामको आधारमा मत मागिरहेकी छन् । राप्रपाबाट अन्तिम समयमा विक्रम पाण्डे पछि हटेपछि राप्रपा तुलनात्मक रुपमा कमजोर नै देखिएको छ । यस क्षेत्रमा रेणु र सोबिताको प्रतिष्पर्धाको फाइदा काँग्रेसलाई हुनसक्ने पनि देखिन्छ । यसरी हेर्दा यस क्षेत्रमा नेकपा, रास्वपा र काँग्रेसबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने नै देखिन्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.