हेटौंडा ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्ने भएको छ । एन्फाले विभिन्न एजेन्डामा रहेर छलफल गर्न मंसिर २५ गते कार्यसमिति बैठक बोलाएको हो । कार्यसमिति बैठकमा वार्षिक साधारणसभासहित दुई दर्जन एजेन्डा रहेका छन् । बैठक एन्फा मुख्यालय ललितपुरको सातदोबाटोमा बिहान ९ बजे बस्ने बताईएको छ । बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा विकास परियोजना, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागीता तथा आयोजना, कोरोनाले स्थगित भएका प्रतियोगिता पुनः संचालन गर्ने लगाएतका एजेन्डामा छलफल हुने बताइएको छ । कोरोना भाइरसको महामारीका कारण एन्फा कार्यसमिति बैठक प्रभावित हुँदै आएको छ । यसअघि भर्चुअल माध्यममार्फत बैठक बसेको थियो ।








