हेटौंडा ।पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ८४ हजार भन्दा बढी मानिस कारोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ८४ जना मानिस संक्रमित भएका हुन् ।
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६ करोड ६२ लाख ११ हजार २६ पुगेको छ । विश्वभर भएका कुल संक्रमित मध्ये ४ करोड ५७ लाख ९७ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् भने १५ लाख २३ हजार भन्दा बढीको ज्यान गएको छ । अहिलेपनि विश्वभर १ करोड ८८ लाख भन्दा धैरैजनामा संक्रमण रहेको छ भने १ लाख ६ हजार भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ । विश्वको सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या १ करोड ४७ लाख ७२ हजार ५ सय ३४ पुगेको छ । यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ३६ हजार ६ सय ३८ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ९६ लाख ८ हजार ४ सय १८ पुगेको छ । यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ६५ लाख ३४ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ४७ हजार ४ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् ।
विश्वमा एकैदिन ६ लाख ८४ हजार बढी संक्रमित थपिए
विश्वमा एकैदिन ६ लाख ८४ हजार बढी संक्रमित थपिए
- अ
- अ
- अ








