• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

  •   बिहिबार, माघ २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक बागमती प्रदेश अन्तर्गतको चितवन- २ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

    चितवन क्षेत्र नम्बर २ संसदीय निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि ५, वडा नम्बर ७, वडा नम्बर १० देखि १२ र वडा नम्बर २९ लगायतका वडाहरू समावेश गरिएको छ ।

    निर्वाचन आयोगका अनुसार चितवन-२ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ३७ हजार १५२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५२ मतदान केन्द्र तोकिएको छ ।

    पछिल्लो निर्वाचन

    चितवन- २ मा रवि लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएपछि २०८० को बैशाखमा उपनिर्वाचन भएको थियो । सो उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गर्दै विजयी भएका थिए । दोस्रो स्थानमा रहेका काँग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका थिए भने एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।

    टी अघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट लामिछाने ४९ हजार ३०० मत प्राप्त गर्दै विजयी भएका थिए भने दोस्रो भएका काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । त्यस्तै एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए ।

    त्यसैगरी २०७९ को समानुपातिकतर्फ रास्वपाले ३५ हजार ९४५ मत प्राप्त गरेको थियो भने एमालेले १६ हजार ७८४ मत पाएको थियो । त्यस्तै काँग्रेसले १२ हजार १३२ मत प्राप्त गरेको थियो ।

    उम्मेदवार- २०८२

    यस निर्वाचनमा चितवन- २ मा राजनीतिक दल र स्वतन्त्र गरेर २३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस क्षेत्रमा रास्वपा सभापति रवि लामिछाने तेस्रो पटक उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले समाजसेवी मीना खरेललाई उम्मेदवार बनाएको छ भने एमालेबाट अस्मिन घिमिरे उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपाले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ ।

    निष्कर्ष:

    यस निर्वाचनमा एकातिर मिडिया र सामाजिक सञ्जालमा रास्वपाको पक्षमा एक किसिमको लहर देखिएको छ भने चितवनमा काँग्रेसले समाजसेवी मीना खरेललाई रणनीतिक उम्मेदवारको रुपमा मैदानमा उतारेका कारण रविलाई अलिकति चुनौती हुनसक्ने देखिएको छ । एमालेले पनि युवा उम्मेदवार दिएको भएपनि यस क्षेत्रमा मुख्य प्रतिष्पर्धा यस पटक रास्वपा र काँग्रेसबीच हुने देखिएको छ ।

    रवि लामिछानेले अघिल्ला निर्वाचन क्षेत्रमा ठुलो मतान्तरले जितेको र रास्वपाको आधार इलाकाको रुपमा रहेको चितवनमा उनको प्रभाव छ नै । तर यस पटक धेरै मतदाताले रविविरुद्धका मुद्धा र उनी निर्वाचित भए पनि सांसदको शपथ लिन नपाउने, फेरी उपनिर्वाचन हुनसक्ने जता प्रश्न उठाएका छन् । यसको फाइदा काँग्रेस उम्मेदवार खरेललाई हुने देखिन्छ । यस क्षेत्रका केहि मतदातासँग कुरा गर्दा उनीहरुले रास्वपाप्रति सहानुभूति देखाएपनि रविले जितेर पनि क्षेत्र जनप्रतिनिधि विहिन हुने अवस्था प्रति सचेत रहेको बताउछन् ।

    अर्कोतर्फ भरतपुर-४ की स्थायी बासिन्दा अविवाहित खरेल विगत तीन दशकभन्दा बढी समयदेखि महिला अधिकार र बालबालिकाको पुनःस्थापनामा सक्रिय रुपमा काम गर्दै आएकी छन् । साथै उनले महिलाले कानुनी सहयोग, सीपमूलक तालिम र आर्थिक आत्मनिर्भरतामा काम गरेका कारण चुनाव जित्ने दाबी काँग्रेसले गरेको छ ।

    यस क्षेत्रमा धेरै जसोले अघिल्लो चुनाव जस्तो रविलाई सहज नभएको र जितेपनि यस अघिको जस्तो ठुलो अन्तर नहुने बताएका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.