• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आरम्भ कलेज बिआइटिएम र बिएचएममा निरन्तर चितवन टप

  •   शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । अघिल्ला वर्षहरूमा झैँ यस वर्ष पनि आरम्भ कलेज पुनः चितवन प्रथम एवं चितवन द्वितीय हुँदै उत्कृष्ट नतिजा प्रदर्शन गर्न सफल भएको छ । शैक्षिक हबको रुपमा विकासित हुँदै गरेको चितवन जिल्लाको भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ । आरम्भ कलेजको बिएचएम ९ब्याचलर अफ होटल म्यानेजमेन्ट० र बिआइटिएम ९ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट० तर्फ सेकेन्ड सेमेस्टर ९ब्याच २०२४० का तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्

    आरम्भ कलेजले बिआइटिएमतर्फ चितवन जिल्ला प्रथम र जिल्ला द्वितीय तथा बिएचएमतर्फ जिल्ला द्वितीय स्थान हासिल गरेको छ । बिआइटिएमकी छात्रा सेजल खड्गी ३।८४ एसजिपिए ल्याई चितवन टपर हुन सफल भएकी छन् भने छात्र सौरभ पौडेल ३।७६ एसजिपिए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् । यसैगरी, बिएचएमका छात्र सबिन श्रेष्ठ ३।८३ एसजिपिए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् । कलेजका प्राचार्य सुरज शिवाकोटीले आरम्भ कलेज यसअघि त्रिविको बिएचएमतर्फ नेपाल पाँचौँ, नेपाल चौथो हुँदै नेपाल तेस्रो बन्न सफल भएको जानकारी दिए ।

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी म्यानेजमेन्ट ९बिआइटिएम० र ब्याचलर अफ होटेल म्यानेजमेन्ट ९बिएचएम० को पढाई संचालन गरेको छ । गत वर्ष बिएचएमको पहिलो सेमेस्टरकोे परीक्षामा सबिन श्रेष्ठ ३।९८ एसजिपिएसहित चितवन जिल्ला प्रथम र त्रिवि तेस्रो भएका थिए । बिआइटिएमकी छात्रा सेजल खड्की अघिल्लो वर्ष पनि ३।८४ एसजिपिएसहित जिल्ला प्रथम भएकी थिइन् ।
    कलेज स्थापनाको वर्ष पहिलो सेमेस्टरको परीक्षामा बिएचएमकी छात्रा ङवाङ बम्जन तामाङ ३।९२ एसजिपिए ल्याएर नेपाल पाँचौँ र चितवन प्रथम भएकी थिइन् । दोस्रो सेमेस्टरको परीक्षामा पनि उनले ३।९४ ल्याई नेपाल चौथो र चितवन दोस्रो भएकी थिइन् ।
    उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाई आरम्भ कलेज, अबको यात्रा गोल्डमेडलतिर

    स्थापनाकालदेखिनै फरक शैली एवं उद्देश्यका कारण विद्यार्थी एवं अभिभावकको भर्ना एवं चासो प्रक्रिया हेर्दाखेरि पहिलो रोजाई आरम्भ भइरहेको देखिन्छ । चारवर्षे स्नातक तहको पाठ्यक्रममा आधारित बिएचएम र बिआइटिएम विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने प्राचार्य शिवाकोटीले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कम्तीमा डी ग्रेड ९एक दशमलव आठ जिपिए० ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर यस कलेजमा सहजै भर्ना हुन पाउने उनले बताए । कलेज स्थापनादेखि अहिलेसम्मको नतिजाले आफूहरु निकै उत्साहित भएको र अबको यात्रा आफ्ना विद्यार्थीलाई त्रिवि प्रथम बनाएर स्वर्णपदक दिलाउने रहेको प्राचार्य शिवाकोटीले बताए ।

    उनले बिएचएमको अन्तिम वर्षका दुई वटा सेमेस्टरमा इन्टर्नसीपको व्यवस्था गरिएको र त्यस्तो इन्टर्नसीपका लागि अमेरिकामा ४३ वटा पाँचतारे होटेलसँग सहकार्य गरिरहेको कम्पनीसँग सहकार्य गरिरहेको नेपाली कम्पनीसँग आरम्भले सम्झौता गरिसकेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।
    आरम्भ कलेजको बिएचएमका विभागीय प्रमुख दीपेन्द्र सुवेदी कलेजले क्रमशः नतिजामा सुधार गर्दै त्रिवि प्रथम हुने दिशामा अगाडि बढिरहेको बताए । उनले अहिलेको नतिजाको क्रमलाई हेर्दा भावी दिनमा सहजै त्रिवि प्रथम हुने सम्भावना रहेको दाबी गरे ।
    कलेजको बिआइटिएमका विभागीय प्रमुख झविलाल भुसालले कलेज स्थापनाको वर्ष, गत वर्ष र यस वर्ष बिआइटीएमका विद्यार्थीले जिल्ला प्रथम भएकाले भावी दिनमा त्रिविकै उच्च स्थानमा नतिजा ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको बताए । उनले आरम्भ कलेजमा बिआइटीएमतर्फ त्रिविको पाठ्यक्रमका अतिरिक्त आर्टिफिसियल इन्टिेलिजेन्सी, साइबर सेक्युरिटी, मेसिन लर्निङलगायत विषयमा पढाइ भइरहेको विभागीय प्रमुख भुसालले जानकारी दिए ।
    शैक्षिक नेतृत्व लिँदै आरम्भ कलेज
    आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बिएचएमतर्फ ६६ र बिआइएमतर्फ ६६ गरी कुल १३२ जना विद्यार्थी पढाउन अनुमति पाएको छ । देशको मध्यभागमा रहेको चितवनको केन्द्र भरतपुरमा २०८० साल भदौ महिनाबाट आरम्भ कलेजले आफ्नो सेवा आरम्भ गरेको थियो । भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक नजिकै रहेको आरम्भ कलेजको स्थापना चितवनका पाँच र काठमाडौँका पाँच जना शिक्षाप्रेमीले २०७९ सालमा गरेका हुन् । कलेजको व्यवस्थापन र संचालनमा संलग्न व्यक्तिहरु दुई दशकभन्दा बढी शैक्षिक क्षेत्रमा काम गरिसकेका अनुभवी छन् । शिक्षकहरु पनि अनुभवी र ऊर्जावान छन् ।
    व्यवस्थापन संकाय अन्तर्गतका बिआइटिएम र बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने प्राचार्य शिवाकोटी बताउँछन् । उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुका लागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने र यसले चितवनको शैक्षिक नेतृत्व लिने कुरामा समेत हामी विश्वस्त छौँ ।’

    उत्कृष्ट नतिजा, सन्तुष्ट अभिभावक

    आरम्भ कलेजको परिचयलाई कलेजमा अध्ययनरत विद्यार्थीको उत्कृष्ट नतिजाले अझ फराकिलो बनाएको छ । आरम्भको यो स्तरको शैक्षिक प्राप्तिले अभिभावक पनि सन्तुष्ट छन् ।

    आरम्भ कलेज सुरू भएकै वर्ष बिएचएम पहिलो सेमेस्टरको परीक्षामा कलेजकी छात्रा ङवाङ बम्जन तामाङले जिपिए ३।९२ ल्याएर जिल्ला टप गरिन् । देशैभरिमा उनले पाँचौँ स्थान हासिल गरिन् । यो प्राप्तिले आरम्भलाई उचाइमा पुर्‍याउने काम गरेको प्रिन्सिपल शिवाकोटी बताउँछन् ।

    बिएचएम पहिलो सेमेस्टरमा आरम्भकी नेबिका मैनालीले जिपिए ३।९१ ल्याएर जिल्लामा दोस्रो स्थान हासिल गरिन् । उनकै ब्याचका ओजस्वी आचार्यले जिपिए ३।८१, अंगीता अधिकारीले जिपिए ३।७८, सन्ध्या गोलेले जिपिए ३।७५ र अर्सिया बानुले जिपिए ३।६९ ल्याएका छन् । यो नतिजाबाट अभिभावकहरू खुसी भएका छन् ।

    सुविधासम्पन्न भवन
    दस हजार वर्गफुटमा फैलिएको पाँचतले आरम्भ कलेजका सबै कक्षाकोठा पूर्ण वातानुकुलित छन् । दस हजार वर्गफुटकै अर्को भवन छ । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् । फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए । इन्टर्नसिपका लागि स्थानीय र अन्तर्राष्ट्रिय तहमा पहल भइरहेको उनले बताए । उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य छ । अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटा अवसरका रुपमा आएको छ ।’
    आरम्भ कलेज संचालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी काठमाडौँ मोडल कलेजका प्राचार्यसमेत हुन् । आरम्भ कलेजले विद्यार्थीहरुलाई मनोवृत्ति, सीप र ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने उनको दाबी छ । चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेज संचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए । कलेजले शैक्षिक, नैतिक पक्षसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको बौद्धिक र शारीरिक विकासका लागि खेलकुद, साहित्य र सिर्जनात्मक कार्यक्रमहरु अगाडि सारेको उनले जानकारी दिए ।

    सहकार्यमा जोड
    आरम्भ कलेजले वडा, गाउँपालिका वा नगरपालिका वा महानगरपालिकासँगको सहकार्यमा जोड दिँदै छात्रवृत्तिको व्यवस्था गरेको छ । स्थानीय निकायले तोकेको छात्रवृत्तिलाई पूर्णरुपमा लागू गरिएको कलेजले जनाएको छ । स्वदेशमा नै प्रभावकारी शिक्षासँगै स्वरोजगारमा जोड दिन कलेज प्रतिबद्ध रहेको प्राचार्य शिवाकोटी बताउँछन् । कलेजले अभिभावकहरुसमक्ष पुगी सन्तानलाई विदेश पढ्न पठाउँदा हुने मानसिक तनावविरुद्ध परामर्श दिँदै आएको उनले बताए । कलेजले बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थीका लागि विशिष्टीकृत ल्याबको व्यवस्था गरेको एवं विद्यार्थीहरुलाई विषयगत तालिम तथा प्रशिक्षण दिँदै आएको कलेजले जनाएको छ ।

    चितवन जिल्ला स्वास्थ्य तथा पर्यटनको हब बन्दै गइरहेको सन्दर्भमा अबका दिनमा यसलाई शैक्षिक हबका रुपमा विकास गरिनु पर्ने सोचका साथ आरम्भ कलेजले सरोकारवाला रोजगारदाता संघसंस्थाहरुसँग साझेदारी कायम गर्दै आएको छ । हालसम्म आरम्भ कलेजले आइडिया स्टुडियो, लिड एक्स नेपाल, फोर्थ भ्याली कन्साइज र रोबोटिक एसोसिएसन अफ नेपालसँग साझेदारी गरिएको प्राचार्य शिवाकोटीले जानकारी दिए । ‘आरम्भ कलेजले चितवनलाई आइटी हब र पर्यटकीय हब बनाउने कुरामा सहयोग पुर्‍याइरहेको छ’ उनले भने ।

    फरक शिक्षा प्रणाली
    वातानुकुलित कक्षामा रहेका विद्यार्थीलाई डिजिटल बोर्डमा पाठ्यसामग्री प्रस्तुत गरेर पढाउँदै आएको आरम्भ कलेजले टाढाबाट आउने विद्यार्थीलाई मध्यनजर गर्दै बसको व्यवस्था मिलाएको छ । बिहानको समयमा पढाई संचालन गरिने भएकोले दिउँसो काम गर्न चाहने विद्यार्थीहरुलाई आयआर्जनको लागि विषयगत संघसंस्थाहरुमा जोड्ने प्रयत्नस्वरुप ‘पढ्दै कमाउँदै’ भन्ने नारा तय गरिएको कलेजले जनाएको छ ।

    कलेजमा आरम्भ इन्नोभेसन हब संचालनमा आएको छ, जहाँ विद्यार्थीहरुले १३ वटा समूह गठन गरी पढाइलाई बल पुग्ने विभिन्न कार्यक्रम गर्दै आएका छन् । विगतका दिनमा आरम्भ आइडिया स्टेसन अन्तर्गत सेफ सन्तोष साहलाई आरम्भ कलेजको ब्राण्ड एम्बेस्डर घोषणा गरी एकदिने कार्यक्रम गरिएको थियो । आरम्भ इन्टरप्रेनर्स फोरम अन्तर्गत चितवन उद्योग संघसँगको सहकार्यमा ‘क्रिएटिङ स्टार्टअप कल्चर’ विषयक कार्यक्रम गरिएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.