• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

  •   शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले देशको विकास र समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा जोड दिएकी छन् ।

    पोखरामा आयोजित समारोहमा उनले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उच्च शिक्षा केवल प्रमाणपत्रमा सीमित नरही राष्ट्र निर्माणको आधार बन्नुपर्ने बताइन् । उनले प्राप्त गरेको उपाधि जीवनको नयाँ यात्राको प्रारम्भ भएको उल्लेख गर्दै ज्ञान, सीप र सकारात्मक सोचलाई समाज र राष्ट्रको हितमा प्रयोग गर्न आग्रह गरिन्।

    प्रधानमन्त्री कार्कीले युवाहरू नै भावी नीति-निर्माता, प्रशासक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै जटिल राष्ट्रिय समस्याको समाधान खोज्न सक्षम नेतृत्व विकास आवश्यक रहेको बताइन् । भदौ २३ र २४ गते जेन्जी युवाले उठाएका सवालहरूलाई स्मरण गर्दै उनले आत्ममूल्यांकन र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने धारणा राखिन् ।

    विश्वव्यापी प्रतिस्पर्धा र तीव्र गतिमा परिवर्तन भइरहेका प्रविधिको सन्दर्भमा उनले नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा आधारित शिक्षामा जोड दिनुपर्ने बताइन् । विश्वविद्यालयले प्रदान गर्ने शिक्षा समकालीन समाजको आवश्यकता, रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने उनको भनाइ थियो ।

    उनले उच्च शिक्षा सम्पन्न गरेपछि ठूलो संख्यामा युवाहरू विदेश पलायन हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा विश्वविद्यालय, सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन् । पाठ्यक्रम र पठन पद्धतिलाई समयसापेक्ष र व्यावहारिक बनाउनुपर्नेमा उनले जोड दिइन् ।

    प्रधानमन्त्री कार्कीले अनुशासन, परिश्रम र मानवीय मूल्यहरू दीर्घकालीन सफलताको आधार भएको उल्लेख गर्दै विश्वविद्यालयलाई पूर्वाधार विकास, अनुसन्धान प्रवर्द्धन तथा विद्यार्थीलाई व्यावहारिक अनुभव उपलब्ध गराउनेतर्फ ध्यान दिन आग्रह गरिन् ।

    समारोहको अन्त्यमा उनले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुने निर्वाचनमा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबैलाई आह्वान गरेकी थिइन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.